सत्याग्रह संघर्ष समिति र गेसो मिले

लन्डन । २९ मार्च बुधबार बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरुबीच त्रिपक्षीय वार्ताको पूर्व सन्ध्यामा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र गेसो मिलेका छन् ।

मंगलबार त्रिपक्षीय वार्तामा भूपू गोर्खाका माग एकवद्ध गरि प्रस्तुत गर्ने र भावी दिनमा हुने हरेक आन्दोलन र अभियानमा कार्यगत एकतासहित बढ्ने सहमति भएको हो ।

यसअघि गोर्खा सत्याग्रह र गेसो दोषारोपण र गाली गलौजमा उत्रंदै आएका थिए । उनीहरु फरक फरक ढंगले आन्दोलनमा उत्रंदा बेलायत सरकार समेत द्विविधामा थियो ।

गेसो सभापति कृष्णकुमार राई र सत्याग्रह समितिका तर्फबाट संयोजक कृष्णबहादुर राईद्वारा जारी संयुक्त विज्ञप्तिमा बेलायत सरकारले गोर्खाहरुलाई दुई सय वर्ष यता भेदभाव, अपमान र असमान व्यवहार गर्दै आएको जनाउंदै अब त्यसविरुद्ध एक भएर लड्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री