
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेजिङस्थित फरेन स्टडिज युनिभर्सिटीले आइतबार आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध ः वृद्धि तथा समृद्धिको दृष्टिकोण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर, सौजन्यः परराष्ट मन्त्रालय, रासस
काठमाडौँ, १३ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूपरिवेष्टित मुलुकलाई दिइने अधिकारका सम्बन्धमा गत वर्ष भएको पारवहन यातायात सम्झौता सर्वाधिक महत्वको भएको बताउनुभएको छ ।
बेइजिङस्थित फरेन स्टडिज युनिभर्सिटीले आज आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध ः वृद्धि तथा समृद्धिको दृष्टिकोण’ विषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पारवहनलगायत विगतका सम्झौतालाई कार्यान्वयनमा लैजाने धारणा व्यक्त गर्नुभयो ।
समृद्धिका लागि सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’ सर्वाधिक महत्वको भएको बताउँदै उहाँले पूर्वाधार निर्माणका साथै ज्ञान र बौद्धिकतासँगै बजारलाई पनि एकआपसमा जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले सडक, रेल, हवाई तथा वेबसँग संयोजित भएर आपसका समृद्धि साटासाट गर्न सकिने बताउँदै अन्तरदेशीय संपर्कलाई अझ विस्तार गर्न दुई देश बीचका अन्य सीमा नाकालाई पनि खोल्नुपर्नेमा जोड दिनुभयो ।
चीनका मुख्य सहरसँग काठमाडौँलाई हवाई मार्गमार्फत जोड्नुपर्ने भन्दै उहाँले चीन तथा नेपालबीचमा थप उडान आवश्यक रहेको बताउनुभयो । चीनले अगाडि बढाएको ‘एक क्षेत्र एक मार्ग’ अवधारणा सहकार्य र साझेदारीका लागि अपूर्व अवसर भएको बताउँदै राष्ट्रपति सि चिनफिङप्रति यसका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
प्राचीनकालमा प्रयोग भएको महत्वपूर्ण रेशम मार्गको नेपाल जानकार रहेको उल्लेख गर्दै उहाँले यो मार्ग एसियाको केन्द्रदेखि दक्षिण एसियाली क्षेत्रको आर्थिक विकाससम्मका लागि महत्वपूर्ण हुने बताउनुभयो । सन् २०१४ मा सहमति जनाइसकेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणाबारेका कार्य अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री दाहालले उक्त अवधारणामा सम्झौता गर्न नेपाल तयार रहेको स्पष्ट पार्नुभयो ।
एसियाली पूर्वाधार लगानी बैंक र सङ्घाई सहकार्य सङ्गठनसँग आबद्धता भइसकेको उल्लेख गर्दै उहाँले आर्थिक वृद्धि तथा समृद्धि द्विपक्षीय व्यापारका लागि महत्वको विषय भएको बताउनुभयो । हालै नेपालमा सम्पन्न भएको लगानी सम्मेलनमा सहभागी भएकामध्ये ६० प्रतिशत लगानीकर्ता चिनियाँ भएको बताउँदै प्रधानमन्त्रीले प्रत्यक्ष वैदेशिक लगानी र पर्यटन विकास नेपाल–चीन सम्बन्धको अर्को महत्वपूर्ण क्षेत्र हो भन्नुभयो ।
नेपालमा जलस्रोतको अपार सम्भावना रहेको र यसबाट दिगो तथा हरित ऊर्जा प्राप्त गर्न सकिने र आर्थिक वृद्धिका लागि आधार बन्नसक्ने उल्लेख गर्दै उहाँले यस क्षेत्रमा नेपालसँग सहकार्य गरेर अगाडि बढ्न चीनलाई आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रको विकासलाई विविधिकरण गरेर अगाडि बढ्न आफूहरुले चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सौर्य ऊर्जा, जैविक ऊर्जा र वैकल्पिक ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्न सकिने बताउनुभयो ।
उहाँले नेपालमा सहरी पूर्वाधार, अन्तरदेशीय प्रसारण लाइन, दूरसञ्चार तथा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अपार अवसर रहेको उल्लेख गर्नुभयो । शाक्यमुनि वुद्धको जन्मस्थल तथा विश्वको सर्वोच्च शिखर सगरमाथाको मुलुक नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आग्रह गर्दै उहाँले नेपालको संस्कृति एवम् सुन्दर प्राकृतिक दृश्यले सबैलाई मन्त्रमुग्ध पार्ने बताउनुभयो ।
मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पगोले र गुरुङ
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन