रेडिङ नेपाली समाजमा न्यौपाने

लण्डन । ग्रेटर रेडिंङ नेपाली समाज एसोसिएसनको आइतबार सम्पन्न नवौ साधारण सभाले कृष्णप्रसाद न्यौपानेको अध्यक्ष्यतामा २५ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचन गरेको छ।

नवगठित उपाध्यक्षमा सुशिला गुरुङ, यादव श्रेष्ठ, नवराज न्यौपाने, भिमसेन खड्का, दिपक गुरुङ, धनबहादुर राना मगर गरी ६ जना, महासचिवमा ओमकार अधिकारी, सचिवमा इमानसिं राई, कोषाध्यक्षमा टेकबहादुर गुरुङ तथा सह कोषाध्यक्षमा चेत रेगामी चयन भए भने सदस्यमा दुई जना महिलासहित १४ जना मनोयन भएका छन् । जसमा दुर्गा ढकाल, कल्पना पण्डित, करुण अधिकारी, खेम बहादुर थापा, तुलबहादुर गुरुङ्, होबहादुर राना, सरोज थापा, नवराज पराजुली, सिद्धान्त घिमिरे, बिक्रम श्रेष्ठ, लालबहादुर गुरुङ्, गोबर्धन राई, कृष्णप्रसाद आचार्य र योगराज लिम्बु रहेका छन् ।

समितिको कार्यकाल आगामी दुई बर्षका लागि हुनेछ ।

कार्यसमितिमा महिला समन्वयकर्ता उपाध्यक्ष्यका साथै छ जना उपाध्यक्ष्य रहने नयाँ ब्यबस्था गरिएको छ।

साधारण सभामा धेरै जना उपाध्यक्ष चयन गरिएकोमा कतिपय सदस्यहरुले नेपालमा जस्तै पदलोलुपताको रोग समाजमा पनि परेकोमा ध्यानाकर्षण गराएका थिए। सबै समूह र बर्गलाई समेटन र मेलमिलापका साथ समाज अघि बढन सकोस र समाजले आफ्नै भवन खरिद लगायतका कार्यक्रम सम्पन्न गर्न सकोस भन्ने उद्देश्यलेको उपाध्यक्ष्य पद बढाइएको बताइएको छ । महिला समन्वयकर्ता जस्तै अन्यलाई पनि बिभिन्न क्षेत्रको सन्योजनको जिम्मेवारी आगामी बैठकमा तय गरिने  बताइएको   छ ।

महिला र युवाहरुको सन्ख्या कार्यसमितिमा कमी रहेको पनि सो अबसरमा औल्याईएको थियो। नब निर्बाचित अध्यक्ष्य न्यौपाने तथा समाजको निवृत्त अध्यक्ष्य मानबहादुर गुरुङले सो बिषयमा आफ्नो सहमति रहेको र आगामी कार्यसमितीले सुधार गर्दै जाने आश्वासन दिनु भएको थियो।

नेपाली समाज सन् २००१ देखि नै रेडिंङ क्षेत्रका सम्पूर्ण नेपालीहरुको लागि गठित  च्यरिटी सामाजिक संस्था हो । यो समाजले नेपालमा भुकम्पबाट भत्केको स्कुल निर्माणका साथै नेपाली समाजमा बिभिन्न नेपाली सांस्कृतिक चाडपर्ब कार्यक्रम, परम्परा प्रबर्धनका साथै नेपाली भाषा कक्षा, योगा, नेपाली चाडबाड, फुटबल र अन्य स्वास्थ्य प्रबर्दन कार्यहरु गर्दै आएको छ।

समुद्घाटन, बन्दसत्र र बिधान संसोधन गरी तीन चरणमा विभाजित सो सभामा प्रमुख अतिथि रिटाएर्ड लेप्टेन जसबहादुर गुरुङ तथा अध्यक्ष मान बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर समुद्घाटन गर्नु भएको थियो भने रेडिंङमा विद्यमान विभिन्न सामाजिक संस्थाहरुका प्रतिनिधिहरुको साथै समाजका उल्लेख्य रुपमा सहभागिता थियो। कार्यक्रम समाजका महासचिब ओमकार अधिकारीले संचालन गर्नु भएको थियो । त्यसपछि बन्दसत्रमा महासचिब अधिकारीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिपक गुरुङले आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो  ।

हिजो भएको महाधिबेशनको अध्यक्षता मानबहादुर गुरुङले गर्नु भएको थियो भने निर्वाचन समितिको संयोजन पूर्ब अध्यक्ष तथा सल्लाहकार महेस गुरुङले गर्नु भएको थियो । सो निर्वाचन समितिमा अर्जुन बस्नेत, दधीराज घिमिरे, बेद लावती तथा राजेन्द्र श्रेष्ठ रहनु भएको थियो।  नवगठित कार्यसमितिलाई संयोजक गुरुङको समितिले बधाई दिदै विधिवत रुपमा सपथ ग्रहण गराईयो । कार्यक्रमको अन्त्यमा  नवनिर्बाचित कार्यसमितिको तर्फबाट अध्यक्ष कृष्णप्रसाद न्यौपानेले सबैलाई धन्यबाद दिदै आफ्नो समितिले आगामी कार्यकाल फलदायी रुपमा पूरा गर्ने प्रण गर्नु भएको थियो ।

अन्त्यमा सभाका अध्यक्ष मान बहादुर गुरुङले महाधिबेशनलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै सभालाई समापन गर्नु भएको थियो भने निर्बाचन समितिका संयोजक गुरुङले पनि नयाँ कार्यसमिति चयन गर्ने क्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिदै सो समिति बिघटन भएको गर्नु भएको थियो।

नेपाल अध्ययन केन्द्रका अनुसार बेलायतमा १ लाख भन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ भने रेडिङमा ५ हजार भन्दा बढी रहेको विश्वाश गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री