
लन्डन । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत भ्रमणका क्रममा व्यापार, व्यवसाय तथा लगानी बढाउन पहल गरेका छन् । आफ्नो पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए यूकेका कार्यक्रमबाहेक उनले बेलायतस्थित विभिन्न निकायका पदाधिकारीसंग भेटघाट गरे । शुक्रबार नेपाल उड्नुअघिसम्म उनी भेटघाटमै व्यस्त थिए ।
लर्ड मेयर अफ लन्डन डा. एन्ड्रियू पार्मलीको निम्तोमा बेलायत आएका उद्योगमन्त्री जोशीले बुधबार म्यान्सन हाउसमा बेलायती व्यवसायीमाझ नेपालमा हाइड्रोमा लगानी गर्न प्रेरितमात्र गरेनन्, लन्डन च्याम्बर अफ कमर्स पदाधिकारीसंग समेत भेट गरे । उक्त भेटमा मन्त्रीले नेपाल वैदेशिक लगानीको उचित गन्तव्य भएको जनाउंदै नेपालमा व्यवसाय गर्न सहज भएको अवगत गराएका थिए । भेटमा लन्डन च्याम्बर अफ कमर्सका डेपुटी चिफ एक्जुकेटिभ पिटर बिसपले द्विपक्षीय व्यापार तथा लगानी अवसर र प्रवर्धनका सवालमा निकट रहेर काम गर्ने आश्वासन दिएको ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष प्रशान्त कुंवरले जानकारी दिए । मन्त्री जोशीले लन्डन च्याम्बरलाई नेपाली चिया प्रदान गर्दै नेपाली उत्पादन बेलायती बजारमा ल्याउन पहल गरिदिन पनि आग्रह गरेका थिए ।
मन्त्री जोशीले बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरकी जीवनसंगिनी चेरी ब्लेयरसंग समेत भेट गरि व्यवसायमा महिला भूमिका र महत्वबारे छलफल गरेका थिए ।
मन्त्रीले लन्डन स्टक एक्सचेन्ज ग्रुपसंग पनि भेट गरि नेपालमा लगानी र व्यापार व्यवसाय सम्न्धमा छलफल गरेका थिए । उक्त भेटमा एनआरएनए युरोप संयोजक तथा व्यवसायी कुल आचार्य, रबि लामिछाने, प्रशान्त कुंवर, महन्त श्रेष्ठ लगायत सहभागी थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न