
लन्डन । बेलायतका नेपाली रेष्टुरेन्ट जनशक्ति अभावले संकटमा परेको गुनासो व्यवसायीहरुले गरेका छन् । बेलायतस्थित नेपाली रेष्टुरेन्टहरुको संस्था नेपलिज क्याटरर्स एसोसिएसन यूकेले आफ्ना व्यवसायले सामना गर्नु परेको जनशक्ति अभावबारे नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई अवगत गराएको हो ।
बेलायत भ्रमणमा रहेका उद्योगमन्त्री जोशीलाई व्यवसायीले लन्डनस्थित नेपाली दूतावास पुगेर ज्ञापनपत्र बुझाएका थिए । दक्ष कामदारका कारण नेपाली रेष्टुरेन्टले बेलायतमा झेलिरहेको संकट बेलायत सरकारसमक्ष पुरयाइदिन मन्त्री जोशीसमक्ष आग्रह गरिएको छ ।
सरकारको कडा अध्यागमन नियमका कारण ब्रिटेनका नेपाली रेष्टुरेन्टले गैर युरोपेली मुलुकबाट सेफ र दक्ष कामदार झिकाउन असमर्थ भएको र यसले रेष्टुरेन्ट व्यवसाय नै संकटमा परेको ज्ञापनमा उल्लेख छ । बेलायतमा ३७५ वटा नेपाली रेष्टुरेन्ट भएको उनीहरुको विश्वास छ । आफ्ना रेष्टुरेन्टले मात्र करिब ७ हजार ५ सय जनालाई रोजगारी र बेलायतको अर्थतन्त्रमा तीन प्रतिशत योगदान दिएको पनि व्यवसायीले दावी गरेका छन् ।
ज्ञापनमा सरकारको कठोर नियमका कारण नेपालीसहित बेलायतका झण्डै १० हजार रेष्टुरेन्टले जनशक्ति अभाव झेलिरहेको बताइएको छ । बेलायतको करी उद्योग (रेष्टुरेन्ट) ले मात्र वार्षिक ५ बिलियन पाउण्ड बेलायती अर्थतन्त्रमा योगदान गरिरहेको पनि स्मरण गराइएको छ ।
एसोसिएसनका संस्थापक अध्यक्ष ध्रुव केसी, अध्यक्ष विजय थापा, कानुनी सल्लाहकार राजु थापा, सचिव ओजेश सिंह डंगोल, किशोर सापकोटा र एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्यले हस्ताक्षर गरेको उक्त ज्ञापनमा सरकारले स्पेशलिष्ट सेफहरुलाई ‘इमिग्रेसन सर्टेज अकुपेशन लिष्ट’ मा राखेपनि अधिकांश रेष्टुरेन्टहरुले टेक वे, डेलिभरी, बफेट डाइनिङ र इभेन्ट क्याटरिङ गर्ने भएकाले उनीहरु सरकारको नियमबाट पीडित रहेको उल्लेख छ ।
बेलायतस्थित नेपाली रेष्टुरेन्टले भूकम्पपछि झण्डै २५ हजार पाउण्ड नेपाली दूतावासमार्फत पठाएको स्मरण गर्दै ज्ञापनमा नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन र प्रचार प्रसार गर्न रेष्टुरेन्टहरुले उल्लेख्य भूमिका निर्वाह गरेको जनाइएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]