
लन्डन । बेलायतका नेपाली रेष्टुरेन्ट जनशक्ति अभावले संकटमा परेको गुनासो व्यवसायीहरुले गरेका छन् । बेलायतस्थित नेपाली रेष्टुरेन्टहरुको संस्था नेपलिज क्याटरर्स एसोसिएसन यूकेले आफ्ना व्यवसायले सामना गर्नु परेको जनशक्ति अभावबारे नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई अवगत गराएको हो ।
बेलायत भ्रमणमा रहेका उद्योगमन्त्री जोशीलाई व्यवसायीले लन्डनस्थित नेपाली दूतावास पुगेर ज्ञापनपत्र बुझाएका थिए । दक्ष कामदारका कारण नेपाली रेष्टुरेन्टले बेलायतमा झेलिरहेको संकट बेलायत सरकारसमक्ष पुरयाइदिन मन्त्री जोशीसमक्ष आग्रह गरिएको छ ।
सरकारको कडा अध्यागमन नियमका कारण ब्रिटेनका नेपाली रेष्टुरेन्टले गैर युरोपेली मुलुकबाट सेफ र दक्ष कामदार झिकाउन असमर्थ भएको र यसले रेष्टुरेन्ट व्यवसाय नै संकटमा परेको ज्ञापनमा उल्लेख छ । बेलायतमा ३७५ वटा नेपाली रेष्टुरेन्ट भएको उनीहरुको विश्वास छ । आफ्ना रेष्टुरेन्टले मात्र करिब ७ हजार ५ सय जनालाई रोजगारी र बेलायतको अर्थतन्त्रमा तीन प्रतिशत योगदान दिएको पनि व्यवसायीले दावी गरेका छन् ।
ज्ञापनमा सरकारको कठोर नियमका कारण नेपालीसहित बेलायतका झण्डै १० हजार रेष्टुरेन्टले जनशक्ति अभाव झेलिरहेको बताइएको छ । बेलायतको करी उद्योग (रेष्टुरेन्ट) ले मात्र वार्षिक ५ बिलियन पाउण्ड बेलायती अर्थतन्त्रमा योगदान गरिरहेको पनि स्मरण गराइएको छ ।
एसोसिएसनका संस्थापक अध्यक्ष ध्रुव केसी, अध्यक्ष विजय थापा, कानुनी सल्लाहकार राजु थापा, सचिव ओजेश सिंह डंगोल, किशोर सापकोटा र एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्यले हस्ताक्षर गरेको उक्त ज्ञापनमा सरकारले स्पेशलिष्ट सेफहरुलाई ‘इमिग्रेसन सर्टेज अकुपेशन लिष्ट’ मा राखेपनि अधिकांश रेष्टुरेन्टहरुले टेक वे, डेलिभरी, बफेट डाइनिङ र इभेन्ट क्याटरिङ गर्ने भएकाले उनीहरु सरकारको नियमबाट पीडित रहेको उल्लेख छ ।
बेलायतस्थित नेपाली रेष्टुरेन्टले भूकम्पपछि झण्डै २५ हजार पाउण्ड नेपाली दूतावासमार्फत पठाएको स्मरण गर्दै ज्ञापनमा नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन र प्रचार प्रसार गर्न रेष्टुरेन्टहरुले उल्लेख्य भूमिका निर्वाह गरेको जनाइएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई