बेलायती महारानीद्वारा आतङ्कवादी आक्रमणका पीडितप्रति सहानुभूति व्यक्त

तस्विरः एएफपी

लण्डन, १० चैत । बेलायती महारानी एलिजावेथ द्वित्तीयले बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पीडित सवैप्रति बिहीवार ‘गहिरो समवेदना’ व्यक्त गर्नुभएको छ ।

बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

‘म यस दुखद घडीमा मृतक आत्माको शान्तिका लागि र घटनामा घाइते भएका पीडित र उनीहरूका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु’, महारानी एलिजावेथ द्वित्तीयले प्रहरीलाई बुधबारको निन्दनीय हिंसाबारेमो दिएको पहिलो प्रतिक्रियामा बताउनुभएको छ ।

बुधबार राति एक अपरिचित आतङ्ककारीले राजधानी लन्डनको वेष्टमिनिष्टर पुलमा जथाभाबी कार हांक्दा र छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु हुनाको साथै करिब २९ जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ ।

नेपाली समय अनुसार बुधवार राति मध्य लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उक्त आक्रमण र हताहतीका घटना भएका लन्डन महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री