
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको आसन्न एकता अधिवेशन नजिकिंदै गर्दा सो को तयारीबारे छलफल भएको छ । बिहीबार अधिवेशन आयोजक समितिको बैठक समितिका संयोजक लोक गुरुङको संयोजकत्वमा साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको हो ।
बैठकमा संयोजक गुरुङसहित समितिका सदस्यहरु विनोद मोक्तान, चेतनाथ खनाल र विज्ञान प्रसाईं उपस्थित थिए ।
बैठकले आगामी २२ जुलाइमा अधिवेशन गर्न डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा विश्वआदर्श पण्डित, पुरुषोत्तम पौडेल, शेर सुनार, योगेन क्षेत्री, सूर्य तामाङ, केशव भण्डारी सदस्य रहने गरि ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
त्यसैगरि, शिवजी श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय विधान समिति समेत गठन भएको छ । क्षेत्रीय सभापतिहरुसहितको उक्त विधान समिति, निर्वाचन समिति तथा तयारी समितिको संयुक्त बैठकले आगामी अधिवेशनमा मतदान सम्वन्धि व्यवस्था गर्ने निर्णय गरेको छ ।
साधारण सदस्यता ५ पाउण्डमा वितरण गर्ने र साधारण सदस्यहरुले कुन व्यवस्था अनुरुप मतदान गर्ने भन्ने निर्णय संयुक्त बैठकमा हुने जनाइएको छ ।
समितिले बेलायतस्थित समस्त कांग्रेसजनहरुलाई एकीकृत भइ आगामी अधिवेशनमा सहभागिता जनाउन आव्हान गरेको छ ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]