
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको आसन्न एकता अधिवेशन नजिकिंदै गर्दा सो को तयारीबारे छलफल भएको छ । बिहीबार अधिवेशन आयोजक समितिको बैठक समितिका संयोजक लोक गुरुङको संयोजकत्वमा साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको हो ।
बैठकमा संयोजक गुरुङसहित समितिका सदस्यहरु विनोद मोक्तान, चेतनाथ खनाल र विज्ञान प्रसाईं उपस्थित थिए ।
बैठकले आगामी २२ जुलाइमा अधिवेशन गर्न डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा विश्वआदर्श पण्डित, पुरुषोत्तम पौडेल, शेर सुनार, योगेन क्षेत्री, सूर्य तामाङ, केशव भण्डारी सदस्य रहने गरि ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
त्यसैगरि, शिवजी श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय विधान समिति समेत गठन भएको छ । क्षेत्रीय सभापतिहरुसहितको उक्त विधान समिति, निर्वाचन समिति तथा तयारी समितिको संयुक्त बैठकले आगामी अधिवेशनमा मतदान सम्वन्धि व्यवस्था गर्ने निर्णय गरेको छ ।
साधारण सदस्यता ५ पाउण्डमा वितरण गर्ने र साधारण सदस्यहरुले कुन व्यवस्था अनुरुप मतदान गर्ने भन्ने निर्णय संयुक्त बैठकमा हुने जनाइएको छ ।
समितिले बेलायतस्थित समस्त कांग्रेसजनहरुलाई एकीकृत भइ आगामी अधिवेशनमा सहभागिता जनाउन आव्हान गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा