बेलायतमा पहिलो नेपाली फिल्म अवार्डको तयारी

 

लन्डन । बेलायतमा पहिलो पटक नेपाली फिल्म अवार्ड हुने भएको छ । थर्ड आइ नामक संस्थाले आगामी जुलाई ८ तारिख शनिबार अवार्ड गर्न लागेको हो । युरोपमा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने यूकेलाई आधार बनाई नेपाली फिल्म क्षेत्र देश बाहिर पनि प्रचार प्रसार, विस्तार र प्रवर्धन गर्ने हेतुले फिल्म अवार्ड आयोजना गर्न लागिएको कार्यक्रम संयोजक थर्ड आइका विकास देवकोटाले जनाए ।
नेपाली फिल्म क्षेत्रका विविध विद्यामा अवार्ड दिने योजना छ । अवार्ड कार्यक्रमका लागि नेपाली कला, संगीत र फिल्म क्षेत्रका ५० जनाभन्दा बढि हस्ती बेलायतमा उतार्ने देवकोटाको दावी छ । ऐतिहासिक हुने बताइएको उक्त कार्यक्रममा उत्कृष्ट गीत, संगीत, डान्स, गीतकार, संगीतकारको मनोनयन र छनौट प्रक्रिया लन्डनस्थित टिमबाट हुने र अन्य विद्याहरुमा मनोनयन र छनौट कार्यहरु नेपालबाट गरिने थर्ड आइले जनाएको छ ।

आयोजकले कार्यक्रम सफल पार्न बेलायतस्थित सम्पूर्ण व्यवसायी, सामाजिक संघ संस्था, बुद्धिजिवी, पत्रकार लगायत नेपाली कला, संगीत र फिल्मी क्षेत्रलाई माया गर्ने सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री