लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हाल बेलायत भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसंग एक अन्तरक्रिया गर्ने भएको छ । २३ मार्च बिहीबार सांझ ६ बजे अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा कार्यक्रम तय गरिएको हो । यसअघि लन्डनमा कार्यक्रम गर्ने बताइएको थियो ।
संघका प्रवक्ता खुशी लिम्बुले नेपालको समसामयिक राजनीतिक अवस्था र एनआरएनहरुका लागि दोहोरो नागरिकता, लगानी अवसर लगायत विषयमा अन्तरक्रिया हुने जनाउंदै उपस्थितिका लागि सबैमा आग्रह गरेका छन् ।
मन्त्री जोशी लर्ड मेयरको निमन्त्रणा बेलायत आएका हुन् । उनले आज मंगलबार म्यान्सन हाउसमा ‘बेलायती व्यवसायीलाई नेपालको हाइड्रो क्षेत्रमा लगानीका अवसर’ बारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेता श्रेष्ठ लन्डन हुंदै बेल्जियम कार्यक्रममा भाग लिइ पुनः लन्डन आएका हुन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न