
ब्रसेल्स (बेल्जियम), ८ चैत । यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन आगामी अप्रिल २९ गतेका लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ ।
इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाउनुभएको हो ।
बेलायतले यही मार्च २९ मा बे्रक्जिटका विषयमा औपचारिक प्रक्रिया शुरु गर्न आफ्ना धारणा सहितको पत्र इयूलाई पठाइन लागेको भनी बेलायत सरकारले सोमबार जनाएको थियो ।
‘लण्डनले बेलायतको बहिर्गमनका विषयमा सोमबार जे भनेको थियो मैले तपाईहरुलाई यो जानकारी गराउछु कि यूरोपियन काउन्सिलको बैठक २९ अप्रिल शनिबारका दिन बोलाउने छु र यसले बे्रक्जिटबारे दिशा निर्देश गर्नेछ’, टस्कले ब्रसेल्समा पत्रकार सम्मेलन गरी बताउनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा