लन्डन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगमन्त्री नवीन्द्रराज जोशीले कांग्रेसभित्र असक्षमहरुको भीडले सक्षम मानिस पाखा लागेको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसीसी यूके) ले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा लन्डनस्थित हिमालयन क्लबमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जोशीले उक्त धारणा राखेका हुन् । यसले गर्दा प्रतिपक्ष बलिया हुंदै गएको धारणा पनि जोशीको थियो । ‘तपाईंहरु विकसित देशमा बस्नुभएको छ । तपाईंहरुले राम्रो काम गर्दा हाम्रो पनि शिर उंचो हुन्छ र हामीले गल्ती गरे तपाईंहरुको पनि शिर झुक्छ’, उनले भने ।
२२ जुलाइमा हुन गइरहेको एनपीसीसी यूकेको एकता अधिवेशनमार्फत नयां नेतृत्व चुन्न सुझाव दिंदै मन्त्री जोशीले बेलायतस्थित कांग्रेस कार्यकर्तालाई एकजुट हुन आव्हान गरे ।
मन्त्री जोशीले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालामा नेतृत्व क्षमता, जिद्दी स्वभाव, विद्रोहको भावना र परिवर्तनको नायक हुं भन्ने आत्माविश्वास रहेको समेत स्मरण गरे । स्वर्गीय कोइरालाकै नेतृत्वमा शान्तिप्रक्रिया सफल भएको मन्त्री जोशीले बताए ।
मन्तव्यका क्रममा उनले अबको दश वर्षमा नेपाली युवा मजदुरीको नाममा विदेश जानु नपर्ने जिकिर गरे । सबैले छाडेको उद्योग मन्त्रालय आफंूले सम्हालेपछि २५ दिनसम्म अलमलिएको सुनाउंदै मन्त्री जोशीले भने, ‘काम शुरु गर्नुअघि बीपीले भनेको राष्ट्रको हैसियत नबढेसम्म नागरिकको हैसियत बढ्दैन भन्ने सम्झिएंर आर्थिक क्रान्ति गर्ने कार्यक्रम बनाएं ।’ जोशीले आफूले मन्त्रालय सम्हालेपछि वार्षिक ४० करोड रुपैयां घाटा सहेको उदयपुर सिमेन्ट कारखाना गत माघ फागुनमा ११ करोड रुपैयां नाफा गरिसकेको बताए ।
मन्त्री जोशीले स्थानीय निर्वाचन र संविधान कार्यान्वयनमा सघाउन सबैमा आग्रह समेत गरे । उनले संसारभरका एनआरएन र वौद्धिक व्यक्तित्वलाई नेपालमा बोलाएर वृहत सम्मेलन गर्न लागिएको पनि बताए ।
नेपाली जनसम्पर्क समिति बेलायतको पांचौ अधिवेशन आयोजक समितिका संयोजक लोक गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, समितिका सल्लाहकारहरु विश्वआदर्श पण्डित, शिवजी श्रेष्ठ, चिरञ्जिवी ढकाल, महेशकुमार दाहाल, योगेनबहादुर क्षेत्री, अधिवेशन तयारी समितिका सदस्य विज्ञान प्रसाईं, संस्थापक सभापति पुरुषोत्तम पौडेल, पूर्व सभापति विनोद मोक्तान, चेतनाथ खनाल, प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटा, सुनील गुरुङ लगायतले स्वर्गीय कोइरालाको वहुआयामिक व्यक्तित्वबारे चर्चा गरे ।
संस्थाका सल्लाहकार शेरबहादुर सुनारले सञ्चालन गरेको उक्त कार्यक्रममा राजकुमार त्रिपाठीले स्वर्गीय कोइरालाको जीवनीमाथि टिप्पणी गरे । कार्यक्रममा कोपिला सुब्बाले स्वागत मन्तव्य दिएकी थिइन् भने युवराज गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
समाजसेवी चिरन्जिवी ढकालको पहलमा गत महिना विवादित बेलायत कांग्रेसीहरु एक भएपछि पहिलोपटक उक्त कार्यक्रम भएको हो ।
तस्विरः शिव भण्डारी
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न