
लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले आफ्नो वार्षिक कार्यक्रमलाई निरन्तरता दिंदै सातौं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । ग्रीनफोर्ड टाउनहलमा रक्तदान कार्यक्रम भएको हो ।
बेलायतमा केहि वर्ष यता विभिन्न सामाजिक र कल्याणकारी कार्यक्रम गर्न अग्रणी रहंदै आएको उक्त संस्थाले सोमबार गरेको रक्तदान कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष मिलन घिमिरे, निवर्तमान अध्यक्ष तथा सल्लाहकार कमलराज खनाल, सचिव चुरामणी रेग्मी, कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू समिरनाथ प्याकुरेल, वसन्त नेपाल, हरिभक्त न्यौपाने, भगवती रानाभाट, अन्जु सिग्देल, प्रभु न्यौपाने, कृष्ण शर्मा, होमनाथ पौडेल, देव गुरुङ सहित १३ जना संस्थाका सदस्य तथा शुभचिन्तकले रक्तदान गरेका थिए ।
सोही दिन रक्तदान कार्यक्रमपछि गोल्डनसिप रेष्टुरेन्टमा कार्यसमितिका सम्पूर्ण सदस्य र सल्लाहकारहरूको उपस्थितिमा अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा बसेको चौंथो कार्यसमितिको दोश्रो बैठकले रक्तदानमा भाग लिने र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै हरेक वर्ष रक्तदान कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै संस्थाले नयां वर्ष २०७४ आगामी अप्रिल १५ शनिवार मनाउने निर्णय गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा