
लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले आफ्नो वार्षिक कार्यक्रमलाई निरन्तरता दिंदै सातौं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । ग्रीनफोर्ड टाउनहलमा रक्तदान कार्यक्रम भएको हो ।
बेलायतमा केहि वर्ष यता विभिन्न सामाजिक र कल्याणकारी कार्यक्रम गर्न अग्रणी रहंदै आएको उक्त संस्थाले सोमबार गरेको रक्तदान कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष मिलन घिमिरे, निवर्तमान अध्यक्ष तथा सल्लाहकार कमलराज खनाल, सचिव चुरामणी रेग्मी, कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू समिरनाथ प्याकुरेल, वसन्त नेपाल, हरिभक्त न्यौपाने, भगवती रानाभाट, अन्जु सिग्देल, प्रभु न्यौपाने, कृष्ण शर्मा, होमनाथ पौडेल, देव गुरुङ सहित १३ जना संस्थाका सदस्य तथा शुभचिन्तकले रक्तदान गरेका थिए ।
सोही दिन रक्तदान कार्यक्रमपछि गोल्डनसिप रेष्टुरेन्टमा कार्यसमितिका सम्पूर्ण सदस्य र सल्लाहकारहरूको उपस्थितिमा अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा बसेको चौंथो कार्यसमितिको दोश्रो बैठकले रक्तदानमा भाग लिने र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै हरेक वर्ष रक्तदान कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै संस्थाले नयां वर्ष २०७४ आगामी अप्रिल १५ शनिवार मनाउने निर्णय गरेको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न