लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आयरल्याण्डका लागि समेत राजदूत नियुक्त भएका छन् । आज मंगलबार २१ मार्च, २०१७ अर्थात चैत्र ८, २०७३ का दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सुवेदीलाई आयरल्याण्डका लागि समेत राजदूत पदमा नियुक्त गरेको दूतावासले जनाएको छ ।
करिब ६ महिनाअघि २० औं राजदूतका रुपमा बेलायत आएका सुवेदीले हिजो २० मार्चमा मात्र बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुईसय वर्ष पुरा भएको अवसरमा बेलायती राजकुमार हयारीलाई निम्त्याएर साताव्यापी कार्यक्रम समापन गरेपछि उनी चर्चाको शिखरमा छन् ।
सुवेदीले कार्यभार सम्हालेकै भोलिपल्ट दूतावासले प्रदान गर्ने भिसा, राहदानी लगायत कन्सुलर सेवा सहज बनाइ शीघ्र तवरले जनमैत्री सेवा प्रदान गर्न भिसा सेवा बिहान ९.१५ देखि अपरान्ह ३.१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ९.१५ देखि अपरान्ह ५ बजेसम्म गर्ने निर्णय गरेका थिए । अहिले दूतावासले उही दिनमा भिजा दिने व्यवस्था गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर