लन्डन । बेलायती राजकुमार हयारीले सोमबार आफ्नो गत वर्षको पहिलो नेपाल भ्रमण अविष्मरणीय भन्दै पुनः नेपाल जाने इच्छा व्यक्त गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावासद्वारा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापना भएको २०० वर्ष पुगेको उपलक्ष्यमा सोमबार अपरान्ह दूतावासमा आयोजित विशेष समारोहमा हयारीले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताए । उनले नेपालको पुनर्निर्माणमा ब्रिटिश जनताको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरेका थिए । हयारीले आउंदा कैयौं शताब्दीहरुसम्म पनि नेपाल र ब्रिटेनबीच निकट सम्बन्ध तथा मित्रता कायम रहिरहने विश्वास व्यक्त गरे ।
राजकुमार हयारीले पानसमा दीप प्रज्वलन गरि उक्त समारोह उद्घाटन गरेका थिए । उनले दूतावास हलमा भिक्टोरिया क्रस (भिसी) प्राप्त गर्ने १३ भूपू गोर्खाहरुको तस्वीर अनावरण समेत गरे ।
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत नेपाल सम्वन्ध सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत सुदृढ भएको बताए । मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण गर्दै नेपालमा जलश्रोत, पर्यटन व्यापार र लगानीका प्रशस्त अवसरहरु रहेको धारणा समेत राखे ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले राजकुमार हयारीको उपस्थितिले नेपाल र नेपाली जनताप्रति बेलायती राजदरबार, सरकार र जनताको सदभावना र सम्मानको भावना प्रतिविम्बित गर्ने बताए । उनले गोर्खा सैनिकहरुको साहस, इमान्दारिता र वीरताले बेलायतसंगको सम्वन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा पुरयाएको योगदानको प्रशंसा समेत गरेका थिए ।
उक्त अवसरमा राजकुमार हयारीको स्वागतार्थ गोर्खा ब्रिगेड व्याण्डबाट संगीत प्रस्तुत गर्नुका साथै गोर्खा सैनिकहरुले खुकुरी नाच देखाएका थिए । साथै नेपालको हिमाल, पहाड र तराइ मधेशको संस्कृति झल्कने विभिन्न नेपाली नृत्य समेत प्रस्तुत गरिए ।
उक्त विशेष समारोहमा बेलायती रक्षामन्त्री मार्क ल्यान्केस्टर, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायती सांसद, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विभिन्न देशका राजदूत, मेयर लगायत सयौं नेपालीको सहभागिता थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न