
लन्डन, ७ चैत । बेलायत सरकारले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुने प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ गते सुरु गर्ने जनाएको छ ।
बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुङ्ग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको भेटमा सोमबार बताउनुभयो ।
बेलायतकी प्रधानमन्त्री थेरेसा मेले लिसबन सम्झौताको धारा नं. ५० लाई कार्यान्वयनका लागि लैजान एक पत्रमार्फत् जानकारी गराउनु हुने राजदूत ब्यारोले बताउनुभयो ।
यद्यपि पत्र परम्परागत चिठ्ठीका रुपमा आउने छ वा विद्युतीय सन्देशका रुपमा पठाइने छ भन्नेबारे भने प्रष्ट गरिएको छैन ।
हामी यस युगको बेलायती नागरिकका महत्वपूर्ण मुद्दाका सीमाबारे सम्झौता गर्दैछौँ, ब्रेक्जिट प्रक्रियाका लागि सचिव डेभिड ड्याभिसले भन्नुभयो । सरकार आफ्नो दिशा (लक्ष्य) बारे प्रष्ट छ । सम्झौताले संयुक्त अधिराज्य (यूके) का सवै राज्य र क्षेत्रका साथसाथै सम्पूर्ण युरोपेली मुलुकसँगको सम्बन्धबारे प्रष्ट पार्नेछ ।
बेलायती प्रधानमन्त्री मेले मार्च २९ मा धारा नं. ५० कार्यान्वयन भएको घोषणा गरेसँगै प्रक्रियाको थालनी हुनेछ ।
ईयूले पनि बहिर्गमन प्रक्रिया सुरु गर्ने छलफल सुरु गर्न तयार रहेको बताएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा