लन्डन । युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
अभियान सम्वन्धि वेबसाइट उद्घाटन गर्दै राजदूत सुवेदीले पर्वतारोहण र पदयात्राका लागि नेपाल विश्वमै सर्वोत्कृष्ट गन्तव्यको रुपमा चिनिएको स्मरण गरे । उनले साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनकालागि पनि नेपाल एक विशिष्ट गन्तव्यका रुपमा रहेको बताए । नेपाल सरकारले आफूलाई लन्डनमा मुख्यालय रहेको वल्ड टुरिज्म अर्गनाइजेशनका लागि स्थायी प्रतिनिधि नियुक्त गरेको बताउंदै उनले नेपालमा पर्यटन प्रवर्धन गर्न सक्दो प्रयास गर्ने पनि बताए ।
प्रमुख अतिथि सांसद शर्माले आफू चार पटक पुगिसकेको जनाउंदै नेपाल अति सुन्दर र नेपाली जनताले न्यानो स्वागतसहित अतिथीहरुलाई भगवान सरह ठान्ने बताए । शर्माले विदेशीलाई नेपाल गइदिएर पुनर्निर्माणमा सघाउन पनि आग्रह गरे ।
कार्यक्रमको शुरुमा ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारी तथा आयरल्याण्डका लागि प्रतिनिधि एवं नेपाल आइरिस समाज अध्यक्ष दीपेशमान शाक्यले नेपालमा पर्यटन सम्भाव्यताकाबारे भिडियो तथा स्लाइड शो प्रस्तुत गरेका थिए । उक्त अवसरमा भण्डारीले नेपाल जाने पर्यटकमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेको बताए । उनले भूकम्पपछि मानिसहरुमा केही आशंका रहेपनि अहिले नेपाल एउटा सुरक्षित गन्तव्य रहेको भन्ने सन्देश फैलाउन आफूले काम गरिरहेको बताए ।
कार्यक्रममा ब्रिटेनस्थित विभिन्न ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधिहरु सहभागी भएका थिए । सो समारोह नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधिहरु बेलायतका पशुपति भण्डारी, डेनमार्कका सोमनाथ सापकोटा र आयरल्याण्डका लागि दीपेशमान शाक्यले संयोजन गरेका थिए भने जर्मनीका पर्यटन प्रतिनिधि सन्तोष भट्टराई समेत सहभागी थिए ।
सहभागीले फोटो तथा चित्रकला प्रदर्शनीसमेत अवलोकन गरेका थिए ।
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन