शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १६:३५ | UK Time: 11:50

बेलायतमा जन्मियो बुद्ध फाउण्डेसन

वीनेपाली
२०७३ चैत ३ गते १:१०


लन्डन । बेलायतमा सबैभन्दा कान्छो संस्थाका रुपमा बुद्ध फाउण्डेसनको जन्म भएको छ । बुधबार सांझ एनआरएनए यूके कोषाध्यक्ष तथा बेलायतका सफल युवा व्यवसायी दिपक श्रेष्ठको अध्यक्षतामा फाउण्डेसन गठन भएको हो । बेलायतमा झण्डै अढाइ सय नेपाली संस्थाका भन्दा पृथक मिसन लिएर फाउण्डेसन गठन गरिएको अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । गौतम बुद्धको जन्मस्थल र उनको शान्ति सन्देश विश्वमाझ पुरयाउने एवं नेपालमा सामाजिक तथा कल्याणकारी कार्य गर्ने मुख्य उद्देश्य संस्थाको छ ।

प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा सम्पन्न भेलाले हरिश ज्ञवाली, सचिन श्रेष्ठ र एभरेष्ट गौतम उपाध्यक्ष, गणेश खड्का महासचिव, सुरेन्द्र रुपाखेती सचिव, राजन खकुरेल कोषाध्यक्ष र धनराज मल्ल सह-कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हयारी गुरुङ, जीवन सेन, बर्मा खनाल, महेन्द्र कुंवर, विकास नेपाल, युवराज सेढाईं, निरञ्जन खड्का र मनिषा डंगोल श्रेष्ठलाई चयन गरिएको छ भने समिर गुरुङ युवा संयोजक, नवीन पोखरेल मिडिया संयोजक र नीर महर्जनलाई प्राविधिक संयोजक बनाइएको छ ।

फाउण्डेसनले १२ जना सल्लाहकार मनोनित गरेको छ । डा. कविताराम श्रेष्ठ, राजन कंडेल, पशुपति भण्डारी, धर्म गुरुङ (लामा गुरु), विनोद ज्ञवाली, सुमलकुमार गुरुङ, मोहन गुरुङ, सुरेन्द्र श्रेष्ठ, राजेश पाठक, श्रीचन्द्र गुरुङ, कुमार श्रेष्ठ र श्याम शेरचन सल्लाहकार चयन भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको छ ।

अध्यक्ष श्रेष्ठले फाउण्डेसनको जिम्मेवारी लिनु दुई दिन अघि कपिलवस्तु समाज यूकेको अध्यक्षबाट राजिनामा दिएका थिए । विभिन्न संस्थामा एकैपटक आवद्ध हुंदा कार्यसम्पादन प्रभावकारी नहुने निष्कर्षसहित श्रेष्ठले अन्य संस्थाको कार्यकारी भूमिका छाडेका हुन् ।

फाउण्डेसनले नेपालमा बुद्ध बृद्धाश्रम स्थापना गर्ने योजनासहित आउंदो मे २० मा लन्डन प्लमस्टिडमा एक च्यारिटी कार्यक्रम गर्ने भएको छ । त्यस अलवा फाउण्डेसनले आगामी मे ७ तारिखका दिन लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाउने भएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि र कपिलवस्तु समाज यूके समेतको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रम सफल बनाउन फाउण्डेसनले हयारी गुरुङ र एभरेष्ट गौतमलाई संयोजक तोकेको छ । उक्त इभेन्टका लागि सहसंयोजकमा युवा संयोजक समिर गुरुङलाई तोकिएको फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक