
लन्डन । सडबरी टाउनस्थित हिमालयन क्लबले फागु पूर्णिमाका दिन आयोजना गरेको होली नाइटमा तीन कलाकारहरु शर्मिला
बर्देवा, सपनकुमार राई र सरु थापाले बेजोड प्रस्तुति दिए । सपन र शर्मिला बेलायतकै स्थानीय गायक गायिका हुन् भने नेपालकी चर्चित लोक गायिका सरु थापा गत सातामात्र बेलायत आएकी हुन् ।
कार्यक्रमको शुरुमा हिमालयन क्लब सञ्चालक बल रायमाझी र गिता भण्डारी रायमाझीले गायिका थापालाई खादाले सम्मान गरेका थिए । कार्यक्रममा सपन राई र शर्मिला बर्देवाले दर्जनौं हिन्दी तथा नेपाली गीत गाए । इन्डियन र नेपाली दर्शक सहभागी भएकाले मिक्स संगीत प्रस्तुत गरिएको शर्मिलाले जनाइन् । गायिका सरु थापाले लोकगीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, नेपलिज ब्रिटिश कम्युनिटी यूके अध्यक्ष मिलन घिमिरे, एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमिल्सिना, मोर्गेज एडभाइजर अनिल लामिछाने लगायतको उपस्थिति थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए