
लन्डन । सडबरी टाउनस्थित हिमालयन क्लबले फागु पूर्णिमाका दिन आयोजना गरेको होली नाइटमा तीन कलाकारहरु शर्मिला
बर्देवा, सपनकुमार राई र सरु थापाले बेजोड प्रस्तुति दिए । सपन र शर्मिला बेलायतकै स्थानीय गायक गायिका हुन् भने नेपालकी चर्चित लोक गायिका सरु थापा गत सातामात्र बेलायत आएकी हुन् ।
कार्यक्रमको शुरुमा हिमालयन क्लब सञ्चालक बल रायमाझी र गिता भण्डारी रायमाझीले गायिका थापालाई खादाले सम्मान गरेका थिए । कार्यक्रममा सपन राई र शर्मिला बर्देवाले दर्जनौं हिन्दी तथा नेपाली गीत गाए । इन्डियन र नेपाली दर्शक सहभागी भएकाले मिक्स संगीत प्रस्तुत गरिएको शर्मिलाले जनाइन् । गायिका सरु थापाले लोकगीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, नेपलिज ब्रिटिश कम्युनिटी यूके अध्यक्ष मिलन घिमिरे, एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमिल्सिना, मोर्गेज एडभाइजर अनिल लामिछाने लगायतको उपस्थिति थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई