
लन्डन । सहारा यूकेले आगामी १३ मे २०१७ का दिन एभरेष्ट कप फुटबल टुर्नामेन्ट गर्ने भएको छ । फेल्थाम कम्युनिटी कलेज, लन्डनमा सञ्चालन गरिने उक्त टुर्नामेन्ट मनोज गुरुङको
संयोजकत्वमा हुनेछ । प्रतियोगितामा अन्डर १६ युथको दुई आमन्त्रित टिम र १७ वर्ष माथिका २४ टिम सहभागी गराउने लक्ष्य सहित तयारी शुरु भएको संस्थाका महासचिव कृष्ण गुरुङले जानकारी दिए । नाइन ए साइड उक्त प्रतियोगिता सफल बनाउन कमल गुरुङ र दिलरास गुरुङको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरिएको छ ।
सहारा यूकेले बेलायतस्थित नेपाली खेलाडीहरुको स्तरन्नोतिका लागि सन्डे लिग खेलाउंदै आएको छ । संस्थाले युवा खेलाडीलाई अभ्यास गराउन विभिन्न एकेडेमी र क्लबहरुमा आवद्ध गराउने योजना बनाइरहेको छ ।
सहारा यूके खेलकुदको अभिवृद्धिका साथै गरिव असहायलाई आर्थिक सहयोग गर्न कटिवद्ध छ । यसले नेपालमा भूकम्पपीडितका लागि राहत वितरण, लत्ता कपडा वितरण गर्नुका साथै गणेश प्रा.वि. गोरखाको भवन निर्माण कार्य सम्पन्न गरिसकेको छ । त्यस्तै श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालय हैबुङ सिन्धुपाल्चोक भवन निर्माणाधिन अवस्थामा छ ।
संस्थाले पोखरा सहाराको अक्षय कोषका लागि र सिन्धुपाल्चोकको विद्यालय भवन निर्माण सहयोगका लागि कार्यसमिति, सल्लाहकारकारहरु सबै कटिवद्ध भएर लागिरहेका छन् । यसका लागि च्यारिटी नाइटको तयारी हुंदैछ ।
हालै सम्पन्न १५ औं आहा रारा गोल्डकपमा सहारा यूकेले समेत सहभागिता र आर्थिक सहयोग गरेको थियो । उक्त गोल्डकपमा सहारा यूके अध्यक्ष मिन गुरुङको नेतृत्वमा कार्यसमिति सदस्यहरु र सल्लाहकारहरुको उल्लेख्य उपस्थिति थियो । सहारा यूकेले प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै खेलमा म्यान अफ दि म्याचको ट्रफी वितरण गरेको थियो । साथै यस वर्षबाट म्यान अफ दिन म्याचको पुरस्कार राशीमा प्रत्येकलाई ५ हजार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सहारा यूकेले सहारा पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई समेत सहयोग गर्दै आएको छ । एकेडेमीमा आश्रित टुहुरा बालबालिका पढाउने, फुटबल अभ्यास गराउने, रंगशाला बनाउने, भवन र छात्रावास निर्माण कार्यमा सहारा यूकेले सहयोग गरेको थियो । भविष्यमा एकेडेमी सञ्चालनका लागि सहारा पोखराले २ करोडको अक्षय कोष स्थापना गर्ने अभियानमा सहारा यूकेले ३० लाख रुपैयां सञ्चालन गरिसकेको छ । सहारा यूकेले पोखरा बसाईका क्रममा सहारा पोखराको दोबिल्लामा अवस्थित फुटबल एकेडेमीको भ्रमण गरी विद्यार्थीहरुलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन