
लण्डन । अल्डरसट घटनाकी अभियुक्त सुनमाया तामाङलाई प्रहरीले चारवटा अभियोग लगाएको छ ।
ह्याम्पसायर प्रहरीका अनुसार उनलाई ज्यान मारेको, ज्यान मार्ने प्रयास गरेको, झूठो काराबास र चोरीको अभियोग लगाइने भएको छ ।
अल्डरसटस्थित भिक्टोरिया रोडकी ५० वर्षीया तामाङलाई मंगलबार बेजिंगस्टोक मेजिस्ट्रेट कोर्टमा उपस्थित गराइने भएको छ ।
गत शुक्रबार साँझ ५:३० बजे तामाङको निवासमा ग्रोभ रोड अल्डरसट निवासी ७५ वर्षीय मान लिम्बु अचेत अवस्थामा फेला परेका थिए । उनलाई चिकित्सकहरुले घटनास्थलमै मृत घोषित गरेका थिए । सोही दिन प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले यस घटनामा अनुसन्धान गर्न अपरेसन डोभ नामक अभियान संचालन गरेको थियो ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची