वासिङ्टन, २९ फागुन । अमेरिकाका आधाभन्दा बढीअर्थात् ५४ प्रतिशत नागरिक अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन् ।
पछिल्लो एक सर्वेक्षणको नतिजाअनुसार ट्रम्पले अमेरिकालाई राम्रो र सम्बृद्ध गराउने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।
तर विगतका सर्वेक्षणको नतिजासँग तुलना गर्दा यसरी आशावादी हुनेको सङ्ख्या पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसको भन्दा कम रहेको छ ।
ओबामाका लागि आशावादी हुनेको सङ्ख्या ६१ प्रतिशत र बुसका लागि आशावादी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेको थियो ।
सर्वेक्षणमा सहभागीमध्ये ४० प्रतिशत अमेरिकी नागरिकले अमेरिकालाई राम्रो बनाउन ट्रम्पले राम्रो काम गर्न नसक्ने मत राखेका छन् ।
जबकी यो सङ्ख्या ओबामाका लागि ३० प्रतिशत र बुसका लागि २३ प्रतिशत मात्रै रहेको थियो ।
वातावरण संरक्षणको क्षेत्रमा भने ट्रम्पले राम्रो काम गर्न सक्ने विश्वास गर्नेको सङ्ख्या ३६ प्रतिशत मात्रै छ । तर ५७ प्रतिशतले वातावरण संरक्षणका लागि ट्रम्पले राम्रो काम गर्न नसक्ने बताएका छन् ।
सन् २००९ मा गरेको सर्वेक्षणमा ७९ प्रतिशत अमेरिकी जनताले वातावरण संरक्षणका लागि ओबामाले राम्रो काम गर्ने विश्वास व्यक्त गरेका थिए । सन् २००१ मा गरेको सर्वेक्षणमा ५१ प्रतिशत अमेरिकी जनताले राष्ट्रपति बुसबाट वातावरणका लागि राम्रो काम हुने आशा गरेका थिए ।
ऊर्जा नीतिका बारेमा सोधिएको प्रश्नमा ४६ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पले अमेरिकाको ऊर्जा नीति राम्रो बनाउने विश्वास गरेका थिए भने ४८ प्रतिशतले राम्रो बनाउन नसक्ने बताएका थिए ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल