बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: १६:०७ | UK Time: 10:22

ग्रीनवीच भूतपूर्व सैनिक संघमा लिलादेवी गुरुङ

वीनेपाली
२०७३ फागुन २९ गते ९:२७

लन्डन । ग्रीनवीच भूतपूर्व सैनिक संघमा नयां नेतृत्व चयन भएको छ । गत २४ फेब्रुअरी २०१७ मा ग्रीनवीच कलेज, लन्डनमा सम्पन्न साधारणसभाले लिलादेवी गुरुङको अध्यक्षतामा २७ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

साधारणसभाले महासचिवमा हरिकुमार मल्ल, वरिष्ठ उपाध्यक्षमा प्रेमजंग शाही, उपाध्यक्षहरु ओमप्रसाद गुरुङ र अष्टबहादुर लिम्बु, सहसचिब धनबहादुर थापा, कोषाध्यक्षमा गमबहादुर गुरुङ, सहकोषाध्यक्षहरुमा राम लाल थापा र नारायण गुरुङ एवं प्रवक्तामा भोजप्रसाद गुरुङलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा रेबतबहादुर थापा, सन्तबीर गुरुङ, टुकुमाया गुरुङ, भिम बहादुर गुरुङ, मीन छन्त्याल, यममाया गुरुङ, नरमाया लिम्बु, तुलमाया राई, दुधकासी गुरुङ, बेनबहादुर गुरुङ, लालबहादुर थापा, सुकमाया गुरुङ, चन्द्र राना, गोपाल शाही, दिलमाया थापा र तान कुमारी छन्त्याललाई चयन गरेको छ ।

कार्यसमिति चयन पश्चात बसेको पहिलो बैठकले संस्थाको सल्लाहकारहरुमा दल प्रसाद थापा, खुम बहादुर गुरुङ, हिरा गुरुङ, बिसन थापा, केश बहादुर गुरुङ, श्रीध्वज लिम्बु, श्रीचन्द्र गुरुङ र माया रानी गुरुङलाई चयन गरेको छ ।

दल प्रसाद थापाको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा संस्थाका उपाध्यक्ष इन्द्र बहादुर गुरुङले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा करिब ६०० भूपूहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक