
ब्रसेल्स, २७ फागुन । आफ्नै देशको विरोधकाबीच युरोपेली सङ्घ (इयू) को अध्यक्षमा पोल्याण्डका पुर्वप्रधानमन्त्री तथा पूर्व इयू अध्यक्ष डोनाल्ड टस्क बिहीबार फेरी निर्वाचित हुनुभएको छ ।
जर्मनीको प्रभाव बढी भएको सङ्घमा यस्तो विवादकाबीच टस्क निर्वाचित हुनु इइूको समस्याकोे रुपमा हेरिएको छ । उहाँ साढे दुई बर्षका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
इयुको अधिवेशनमा टस्कको पक्षमा २७ मत परेको थियो भने विपक्षमा उहाँको आफ्नै देशका बर्तमान् प्रधानमन्त्री बैटा सिडलोले मात्रै मत हाल्नु भएको थियो ।
निर्वाचनपछि पत्रकार सम्मेलन गरेर पोल्याण्डका प्रधानमन्त्री सिडलोले भन्नुभयो, “मैले यो अधिवेशनको निर्णयलाई स्विकार्न सक्दिन, त्यसैले यो अधिवेशन नै अवैध भएको छ ।”
आफ्नो देशले नै नस्विकारेको अवस्थामा यस्लाई निर्वाचित भएको मान्न नसकिने तर्क गर्दैै उहाँले थप्नुभयो, “यो निकै ठुलो समस्याको विषय हो र यसले सोभियत सङ्घपछिको इयू राज्य पोल्याण्डमा गहिरो विवाद निम्त्याउने छ ।”
मतदानपछि पोल्याण्डका विदेश मन्त्री विटोल्ड वाक्जसीकोवस्कीले पनि कडा टिप्पणी गर्नु भएको छ । “हामीलाई थाहा छ कि यो सङ्घ बर्लिनको नियन्त्रणमा रहेको छ, विषालु यस सङ्घले धेरै देशहरुलाई पनि नराम्रो असर गर्ने छ” उहाँले भन्नुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल