
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र), राप्रपा, मधेशी मोर्चा बीचको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्य दलका शिर्षनेताहरु । तस्बिरः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १८ फागुन । समसामयिक राजनीतिक विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएपनि निष्कर्षमा पुगी नसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।
“संविधान संशोधन गर्न दर्ता भएको संशोधन प्रस्ताव पारित गरेर मात्रै स्थानीय तहको निर्वाचनमा जानुपर्ने पुरानै माग मधेसवादी दलका नेताहरूले राख्नुभयो, स्थानीय तहको सङ्ख्या र क्षेत्राधिकारबारे प्रदेशको भन्दा अलि बढी अधिकार भयो भन्ने पनि उहाँहरूले तर्क राख्नुभएको छ”–उहाँले भन्नुभयो ।
प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले छलफल अत्यन्त सकारात्मक भएको र पुनः छलफल गरेर निर्णयमा पुग्ने बताउनुभएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म आफूहरू निर्वाचनमा सहभागी नहुने विषयलाई बैठकमा प्रस्तुत गरेको जानकारी दिनुभयो ।
प्रवक्ता भुषालले संविधान संशोधन पारित गरेर जानुपर्छ भन्ने सरकारको भनाइ रहेपनि बहुमतको सरकार भएको हुँदा सबैलाई समेटेर जानुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’का साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र प्रवक्ता भुषाल तथा मेधशी मोर्चाको तर्फबाट महन्थ ठाकुर, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेताको सहभागिता रहेको थियो ।
त्यसैगरी बैठकमा राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी हुनुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा