नेपिड (म्यानमार), १७ फागुन । म्यानमारको उत्तरी राज्य शानमा सरकारी सुरक्षा फौज र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका समुहबीच भएको झडपमा गत तीन महिनाको अवधिमा १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
चीनसँग सिमाना नजिकै सरकारी सैनिक र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका कैयौँ समुहबीच गत नोभेम्बरको अन्त्यदेखि जारी रहेको यस द्वन्द्वको कारण झन्डै २० लाख स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
हिंसाबाट मृत्यु हुनेमध्ये ७४ सैनिक, १५ प्रहरी, १३ सैनिक तालिम पाएका सरकार समर्थक लडाकू र १३ जना आमनाागरिक रहेका ती अधिकारीले जानकारी दिएका छन् ।
जनरल म्या तुन ओओ संवाददातालाई भन्नुभयो, “हामीसँग ४५ जना सत्रुको शव छ र अरु चार जनालाई नियन्त्रणमा लिइएको छ ।”
उहाँले सामुहिक दाहासंस्कारको फोटो हेर्दा सयभन्दा बढी विद्रोहीहरु मारिएको हुन सक्ने बताउनुभयो ।
दोस्रो चरणको शान्तिवार्ता भइरहेका बेला म्यानमार सरकारको तर्फबाट यस्तो तथ्याङ्क आएको हो । सिमा क्षेत्रमा भइरहेको दशक लामो द्वन्द्व अत्य गर्ने उद्देश्यले अहिले शान्ति बार्ता भइरहेको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल