एथेन्स (ग्रीस), १५ फागुन । ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ ।
यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ ।
ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको र झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले कमी आएको ग्रीक आर्थिक दैनिक केर्दोस (नाफा) ले ग्रीक केन्द्रंीय बैंकलाई उद्धृत गर्दै आइतबार जनाएको छ ।
विद्यमान आर्थिक मन्दी, उच्च बेरोजगार दर, कर वृद्धि र कर तथा आर्थिक पक्षसम्बन्धी प्रणालीका साथसाथै सन् २०१५ को गृष्मकालमा भएको पूँजी नियन्त्रण नीतिले घरजग्गा कारोबारको मूल्यमा कमी आएको ग्रीक केन्द्रंीय बैंकको ठहर छ ।
बैंकको अध्ययन प्रतिवेदनअनुसार औसत घरजग्गा कारोबार मूल्यमा सन् २०१६ मा २.२ प्रतिशत, सन् २०१५ मा ५.१ प्रतिशत र सन् २०१४ मा ७.५ प्रतिशतले कमी आएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल