सोल (दक्षिण कोरिया), १५ फागुन । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे यहाँको संवैधानिक अदालतद्वारा सोमबार गरिने उहाँमाथिको महाअभियोगका विषयमा हुने अन्तिम सुनुवाईमा उपस्थित नहुने बताउनुभएको दक्षिण कोरियाली सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
उक्त अदालतले महाभियोग लगाइएका दक्षिण कोरियाली नेतालाई प्रतिवादीका रुपमा अन्तिम बचाउका लागि उपस्थित हुने वा नहुने विषयमा जानकारी दिन आइतबारसम्मको समय दिएको थियो ।
सन् २०१६ को डिसेम्बर ९ मा दक्षिण कोरियाली संसदले राष्ट्रपति हे विरुद्ध महाअभियोग विधेयक पास गरेको थियो । सो विषय अहिले अदालतमा विचाराधिन अवस्थामा छ ।
अदालतले मार्च १३ को आसपासमा उहाँको महाअभियोग विधेयकका सम्बन्धमा अन्तिम फैसला दिने अपेक्षा गरिएको छ ।
स्मरणीय कुरा के छ भने मार्च १३ मा नै यहाँका कार्यवाहक प्रधानन्यायाधीशले अवकाश पाउँदै हुनुहुन्छ ।
महाअभियोगसम्बन्धी प्रस्ताव सदर हुनका लागि सर्वोच्च अदालतका बाँकी आठ न्यायाधीशमध्ये छ जनाले समर्थन गर्नुपर्ने हुन्छ । समाचारमा जनाइएअनुसार थप एक न्यायाधीशको अवकाशले अदालतको फैसलाको वैधतामा ‘खतरा’ हुने देखिएको छ ।
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
युक्रेनलाई तत्काल युद्धविराम गर्न जी–७ को आह्वान
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित