वासिङ्गटन, १५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताउनुभएको छ ।
केही समययता ह्वाइट हाइस र पत्रकार अर्थात सञ्चार माध्यमबीच राष्ट्रपतिको सम्बन्ध बिग्रिएको यस अवस्थामा उक्त भनाइ आएको हो ।
ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले बार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनितिका विभिन्न चर्चित व्यक्तित्व र पत्रकारहरुको उपस्थिति रहने गर्छ ।
ह्वाइट हाउसमा पत्रकारहरुद्वारा आयोजना हुने यस रात्रिभोजमा खासगरी राष्ट्रपति र पत्रकारबीच भएका मतभेदलाई पनि पञ्छाउने एक अवसरका रुपमा रहँदै आएको पाइन्छ ।
करिब १०० वर्षयता हुँदै आएको यस कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाएको बताइएको छ । तर हालका दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारकबीच सम्बन्ध बिग्रंदै आएको छ ।
ट्रम्पले केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताउनुभएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त