जेनेभा (स्वीट्जरल्याण्ड), १५ फागुन । सिरियाको विषयका जेनेभा भइरहेको वार्तामा सिरियाली सरकारी प्रतिनिधिमण्डलका वरिष्ठ कुटनितिज्ञले शनिबार आतङ्ककारी विरुद्धको लडाइँलाई उच्च प्राथमिता दिन आह्वान गरेका छन् ।
सिरियाको मध्यभागमा पर्ने प्रान्त होम्समा शनिबार भएको दुई वटा आत्मघाती आक्रमणमा परी एक दिनमा नै ४२ जनाको मृत्यु भएको घटनापछि यो आह्वान गरिएको बताइएको छ ।
जेनेभामा भइरहेको शान्ति वार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका थिए ।
आतङ्ककारी विरुद्धको लडाईलाई प्रमुख प्राथमिता दिइने सिरियाली सरकारका तर्फबाट जेनेभा आउनुभएका बसार अल जाफरी वार्ता टोली प्रमुख प्रतिनिधिले बताउनुभएको छ ।
दुई घण्टा आधासम्म भएको यस वार्ताका उक्त कुरालाई प्राथमिता दिइएको राष्ट्रसङ्घका सिरियाका लागि राजदूत स्टेफेन डे मिस्टुराले समाचारदातालाई बताउनुभएको छ ।
सिरियाको होम्स प्रान्तमा भएको आत्मघाती आतङ्ककारी आक्रमणको निन्दा गरी विज्ञप्ति प्रकाशन गर्न राष्ट्रसङ्घका सिरियाका लागि राजदूत स्टेफेन डे मिस्टुरालाई अनुरोध गरिएको वार्ता टोली प्रमुख प्रतिनिधि बसार अल जाफरीले बताउनुभएको छ ।
सिरिया द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्का पहलमा जेनेभा वार्ता १० महिनापछि बिहीबार पुनःसुरु भएको छ । सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म करिब चार लाख सिरियालीको मृत्यु भइसककेको छ । झन्डै आधा जनसङ्ख्या विस्थापित गराएको सिरियामा छ वर्षदेखि जारी विनासकारी गृहयुद्धको अन्त्य गर्ने अन्तिम प्रयास हुनेमा विश्वास गरेको बताइएको छ ।
सन् २०१६ को सुरुदेखि यता भएको चौँथो प्रयास हो । पछिल्लो चरणमा सरकार र विद्रोहीलाई रसिया र टर्कीको पहलमा वार्तामा सहभागी बनाइएको काजकिस्तानको अस्तानामा भएको वार्ता जेनेभामा भेट्ने गरी सहमति गर्दै अन्त्य भएको थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय