लन्डन । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ समापनका अवसरमा साताव्यापी महोत्सव गर्न जुटेको छ लन्डनस्थित नेपाली दूतावास । १४ देखि २० मार्चसम्म दूतावास प्रांगणमा गर्न लागिएको महोत्सव सफल बनाउन अहिले दूतावासले बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल गरिरहेको छ । दूतावासको नेतृत्वमा प्रमुख संस्थाहरुलाई विभिन्न कार्यक्रमको संयोजन गर्न जिम्मेवारी दिने सोच अनुरुप छलफलमा राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरण र कर्मचारीको व्यस्तता अहिले चुलिएको छ ।
बेलायत नेपाल सम्वन्धबारे अन्तरक्रिया गर्न नेपाल पत्रकार महासंघ, बेलायतलाई जिम्मा दिने तयारी छ । खाना, संगीत र साहित्यिक महोत्सव, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, भिजिट नेपाल युरोप २०१७ अभियान उद्घाटन, नेपाली हस्तकला प्रदर्शनी व्यापार एवं लगानी अन्तरक्रिया, १३ भिसीहरुको तस्विर अनावरण आदि महोत्सवका आकर्षण हुनेछन् । समारोहमा बेलायत र नेपालका वरिष्ठ अधिकारीहरुको सहभागिता रहने भएपनि नाम भने टुंगो लाग्न बांकी छ । दूतावासले कार्यक्रमको औपचारिक जानकारी छिट्टै दिने जनाएको छ ।
महोत्सवले बेलायत नेपाल सम्वन्ध अझ मजबुत हुने विश्वास दूतावासको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]