संयुक्त राष्ट्रसङ्घ, १४ फागुन । सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेहरुको संख्या घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सङ्घका अनुसार अघिल्लो वर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो ।
अन्तरर्रष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)का अनुसार यही फेब्रुअरी २२ सम्ममा यस वर्ष समुन्द्रीबाटो हँुदै युरोप जाने आप्रवासीको संख्या गत वर्षको भन्दा १३ हजार ९२४ कम रहेको छ । गत वर्ष एक लाख पाँच हजार ४२७ जना यस अवधिमा युरोप गएका थिए ।
यो तथ्याङ्कमा गत आइतबार लिवियाको राजधानी ट्रिपोली नजिकै रहेको अज जावियाहमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका १३३ जनालाई समेत समेटिएको छ ।
आप्रवासी सङ्गठन श्रोतका अनुसार लुटेराहरुले जहाजको इन्जीन चोरेर यात्रुलाई अल्पत्र पारी तिनीहरुको उद्धारको लागि अधिकारी आउँदै गरेको गलत जानकारी दिएका थिए ।
आप्रवासी सङ्गठनका प्रवक्ता फ्लाभियो दि गियास्मोका अनुसार लुटेराहरुले गर्ने यस किसिमको चलाखी सामान्य धुत्र्याई मात्र नभई जघन्य हत्या नै हो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु