संयुक्त राष्ट्रसङ्घ, १४ फागुन । सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेहरुको संख्या घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सङ्घका अनुसार अघिल्लो वर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो ।
अन्तरर्रष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)का अनुसार यही फेब्रुअरी २२ सम्ममा यस वर्ष समुन्द्रीबाटो हँुदै युरोप जाने आप्रवासीको संख्या गत वर्षको भन्दा १३ हजार ९२४ कम रहेको छ । गत वर्ष एक लाख पाँच हजार ४२७ जना यस अवधिमा युरोप गएका थिए ।
यो तथ्याङ्कमा गत आइतबार लिवियाको राजधानी ट्रिपोली नजिकै रहेको अज जावियाहमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका १३३ जनालाई समेत समेटिएको छ ।
आप्रवासी सङ्गठन श्रोतका अनुसार लुटेराहरुले जहाजको इन्जीन चोरेर यात्रुलाई अल्पत्र पारी तिनीहरुको उद्धारको लागि अधिकारी आउँदै गरेको गलत जानकारी दिएका थिए ।
आप्रवासी सङ्गठनका प्रवक्ता फ्लाभियो दि गियास्मोका अनुसार लुटेराहरुले गर्ने यस किसिमको चलाखी सामान्य धुत्र्याई मात्र नभई जघन्य हत्या नै हो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान