रियो दी जेनेरियो, १४ फागुन । ब्राजिलमा गत महिनाको अन्तिमसम्ममा बेरोजगारको सङ्ख्या १२.६ प्रतिशत पुगेको छ ।
सरकारी निकायले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार ब्राजिलका झन्डै एक करोड २९ लाख नागरिक कामविहिन रहेका छन् ।
गत नेभेम्बरदेखि जनवरीसम्मको तथ्याङ्क यस्तो आएको ब्राजिल भुगोल तथा तथ्याङ्क कार्यालयले जनाएको छ ।
गत वर्षको यही अवधिको तथ्याङ्कसँग तुलना गर्दा अहिले बेरोजगारको सङ्ख्या बढेको देखिएको छ । गत वर्ष यही अवधिमा बेरोजगारहरुको सङ्ख्या ९.५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
तथ्याङ्कले यसअघिको चौमासिकमा पनि बेरोजगारको सङ्ख्या बढेको देखाएको छ । अघिल्लो चौमासिक अर्थात् अगस्तदेखि अक्टोबरसम्ममा बेरोजगारहरुको सङ्ख्या ११.८ प्रतिशत छ ।
गत नोभेम्बरदेखि जनवरीसम्ममा ब्राजिलका कामदारको औसत तलव ६६१ अमेरिकी डलर रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु