वासिङ्टन (अमेरिका), १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना चुहिनुबाट नियन्त्रण गर्न नसकेको भन्दै अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफविआइ)को आलोचना गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले प्रायोजित रुपमा सूचना बाहिर आउनुमा एफविआइको कमजोरी भएको भन्दै यसरी राज्यका सूचना अनधिकृत रुपमा बाहिर आउनुले राष्ट्रलाई नै नराम्रो असर पार्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले शुक्रबार बिहानै एक ट्वीट सन्देश जारी गर्दै एफविआइले सूचना चुहावट नियन्त्रण गर्न नसकेको भनी असन्तुष्टि जनाउनुभएको हो ।
यस पूर्व ट्रम्पद्वारा नियुक्त ह्वाइट हाउसका वरिष्ठ अधिकारी रेन्स प्रिवसले उच्च एफविआइ अधिकारीलाई अमेरिकी राष्ट्रपतिको निर्वाचनका समय ट्रम्पका निर्वाचन अभियानका सल्लाहकार रसियाली गुप्तचर संस्थाका अधिकारीसँग निरन्तर सम्पर्कमा नरहेको भनी खण्डन गर्न निर्देशन दिएपनि उहाँको निर्देशन पालना नभएपछि राष्ट्रपति ट्रम्पद्वारा ट्वीट गर्दै एफविआइको आलोचना भएको हो ।
ट्वीट्मा राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “एफविआई पूर्णतया राष्ट्रिय सुरक्षा चासोका विषयका सूचना चुहाउने व्यक्तिलाई पत्ता लगाई कारबाही गर्न असफल भएको छ ।” एफविआई अधिकारी आफ्नै सङ्गठनबट सूचना चुहाउने अधिकारीलाई समेत पत्ता लगाउन सक्दैन, अमेरिकी राष्ट्रपतिले ट्वीटमा भन्नुभएको छ ।
प्रायोजित सूचना सञ्चारमाध्यमलाई दिइएको छ यसले अमेरिकामाथि नराम्रो असर पार्छ, अहिल्यै पत्ता लगाऊ, ट्रम्पले सन्देशमा लेख्नुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने