मस्को, ११ फागुन । अन्तरिक्षमा अवस्थित अन्तर्राष्ट्रिय भू–उपग्रह केन्द्र (इन्टरनेसनल स्पेस स्टेसन)मा रुसले आज एउटा मानवरहित अन्तरिक्ष यान (स्पेसक्राफ्ट) प्रक्षेपण गरेको छ ।
लामो अवधिका लागि रुसले लिज (बहाल)मा लिएको काजकिस्तानको बाइकोनुर अन्तरिक्ष यान प्रक्षेपण परिसरबाट आज बिहान सोयुज–यु बुस्टर रकेटमा जडान गरी प्रोग्रेस एमएस–०५ नामक उक्त स्पेसक्राफ्ट सफलतापूर्वक प्रक्षेपण गरिएको जनाइन्छ ।
सो स्पेसक्राफ्ट मानवरहित कार्गो सिप भएको तथा त्यसमा इन्टरनेसनल स्पेस स्टेसनमा बस्ने बैज्ञानिकहरुलाई आवश्यक पर्ने उपकरण, सरसामान, खाद्य पदार्थ लगायतका कार्गो रहेको जनाइएको छ ।
गत वर्षको १ डिसेम्बरका दिन यसैगरी रुसले प्रोग्रेस सिप प्रक्षेपण गरेकामा भुइँ छाडेको सात मिनेटमै उक्त यान आकाशमा विस्फोट भई मङ्गोलियाको सीमाक्षेत्र नजिकै साइबेरियाको दक्षिण क्षेत्रमा अवस्थित मानव बस्तीमा झरेको थियो ।
दुर्घटनाग्रस्त यानले ठूलो परिणाममा रासायनिक फोहरमैला उत्सर्जन गरेता पनि धन्न, उक्त क्षेत्रमा मान्छेहरुको बस्ती अलि पातलो भएकाले धनजनको खासै क्षति भएन । दुर्घटनापश्चात् गरिएको अनुसन्धानमा सो यानको इन्जिनमा खराबी आई आकासमै विस्फोट भएको पत्ता लागेको थियो ।
यस्तै तथ्यलाई ध्यानमा राखी सो प्रोग्रेस एमएस–०५ प्रक्षेपण गर्नुपूर्व उक्त योजनाका प्राबिधिक इन्जिनियर तथा वैज्ञानिकको टिमले यानको इन्जिनलगायत अन्य पार्टपुर्जाको विस्तृत चेक, जाँचसहित निर्माण केन्द्रको पनि कडा अनुगमन गरेका थिए ।
प्रक्षेपण गरिएको केही घन्टापछि निर्धारित समय र तालिकामा कुनै तलमाथि नभई सोयुज–यु बुस्टर रकेटबाट उक्त प्रोग्रेस एमएस–०५ कार्गो सिप छुट्टिएर निक्लिई पृथ्वीको कक्षमा प्रवेश गरेको र केही बेरमै इन्टरनेसनल स्पेस स्टेसनको बाह्य घेरा (आउटपोस्ट) तर्फ जाने मार्गमा अघि बढिरहेको छ ।
सो सिप आगामी शुक्रबार स्पेस स्टेसनमा अवतरण गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी, संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हाउस्टनबाट स्पेस–एक्स नामक वैज्ञानिक संस्थाद्वारा गतः आइतबार प्रक्षेपण गरिएको ड्र्यागन नामक कार्गाे सप्लाई सिप पनि यस हप्ताभित्रै इन्टरनेसनल स्पेस स्टेसनमा पुगिसक्ने हाउस्टनमा अवस्थित मिसन कन्ट्रोल सेन्टरले अनुमान गरेको छ ।
केही वर्षअघि देखि संयुक्त राज्य अमेरिका तथा रुसले संयुक्त लगानीमा अन्तरिक्ष अन्वेषण योजना सञ्चालन गर्दैै आइरहेका छन् ।
यसै योजनाअन्तर्गतको अन्तरिक्षमा अवस्थित इन्टरनेसनल स्पेस स्टेसनमा हाल अमेरिकी अन्तरिक्ष संस्था नासा आबद्ध अन्तरिक्ष वैज्ञानिकद्वय सेन किम्ब्रो र पेग्गी ह्विट्सन, रुसी अन्तरिक्ष वैज्ञानिकहरु आन्द्रेइ बोरिसेन्को, सर्गेइ रिजिकोभ र ओलेग नोभित्स्कि तथा फ्रान्सेली अन्तरिक्ष बैज्ञानिक थोमस पेस्क्यु कार्यरत छन् ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो