तान्गी (पाकिस्तान), १० फागुन । उत्तरी पाकिस्तानमा मङ्गलबार एक स्थानीय अदालतममा तालिवान आत्मघाती बम आक्रमणकारीहरूले शृङ्खलाबद्ध रूपमा गरेको हमलामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणको पाकिस्तानी तालिवानसँग आवद्ध जमात उल अहरार (जेयूए) ले दाबी गरेको छ । यसै समूहले गत हप्ता लाहोरमा गरेको आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको थियो ।
यस महिनाको सुरुमा पाकिस्तानको न्यायालयलगायत अन्य क्षेत्रमा आक्रमण गर्ने यस आतङ्ककारी समूहले दाबी गरेका थिए ।
आज भएको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख सुहैल आलिदले एएफपी समाचार समितिलाई बताएका छन् । यस आक्रमणमा मारिएकामा एक वकिलसमेत रहेको बताइएको छ ।
यस पछिल्लो आतङ्ककारी आक्रमणको प्रधानमन्त्री नवाज सरिफको कार्यलयले निन्दा गरेको छ । गत अगस्तमा क्वेटामा भएको आत्मघाती आक्रमणको जेयूए र इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले जिम्मा लिएका थिए । दक्षिणपश्चिम सहरको कानूनी समूदायमाथि भएको यस आक्रमणमा ७३ व्यक्तिको मृत्यु भएको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा