जेनेभा, १० फागुन । संयुक्त राष्ट्रसङ्घले सिरियासँगको शान्ति वार्ताका लागि काम भइरहेको जनाएको छ ।
सो संस्थाले उक्त वार्ताका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थतालगायतका बारेमा तयारी भएको जनाएको हो ।
सिरियामा शान्ति वार्ताको तयारी भएको छ । यसका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थकर्ताहरुको बैठक बस्ने भएको छ ।
सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता समूहका मध्यस्थताहरु आउने भएका छन् । सिरियाका लागि राष्ट्रसङ्घीय विशेष दूतले सो जानकारी दिएका छन् ।
विशेष दूत माइकल कन्टेटले भन्नुभयो– सिरियाको शान्तिवार्ताका लागि सिरियाली समूहका मध्यस्थताहरु आउने क्रम सुरु भएको छ । यसका लागि राष्ट्रसङ्घको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
मङ्गलबार जेनेभामा आयोजना गरिएको पत्रकार सम्मेलनमा विशेष दूत माइकेलले सो जानकारी दिँदै शान्ति वार्ताको अगाडि उक्त वार्ताका मध्यस्थकर्ताहरुको एक बैठक बस्न लागेको जानकारी दिनुभएको हो ।
सिरियाली समूहका देशका मध्यस्थतकर्ताहरुको यस बैठकले आगामी शान्ति वार्ताको तयारी तथा वार्ताको बारेमा व्यापक मात्रामा छलफल गर्ने बताइएको छ ।
मानवीय सहायता, युद्धको विविध विषयका साथै वार्ताका लागि तयार गरिने अन्य विषयमा सो बैठकमा छलफल गरिने राष्ट्रसङ्घले जनाएको छ ।
सिरियाली समूहअन्तर्गतका राष्ट्रसङ्घीय मध्यस्थकर्ताहरुको बैठक करिब १० महिना पछि बस्न लागेको हो । उता सिरियामा हिंसा भने रोकिएको छैन ।
सिरियामा जारी रहेको सो हिंसाका क्रममा करिब ४ लाख नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक विस्थापित पनि भएका छन् ।
पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको सो हिंसाको अन्त्यका लागि विभिन्न समयमा शान्तिवार्ता पनि भएका छन् । तर पनि ती वार्तालाई निष्कर्षमा पुरयाउन भने सकिएको छैन ।
यस पटकको यो मध्यस्थकर्ताहरुको बैठकपछि पनि अर्काे शान्तिवार्ताका लागि प्रयास गरिने छ । सो तयारीका लागि यो बैठकको आयोजना गरिएको जानकारी संयुक्त राष्ट्रसङ्घले दिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने