
ओस्लो, ९ माघ । नोबेल शान्ति पुरस्कार छनौट गर्ने नर्वेली नोबेल समितिकी अध्यक्ष कासी कलम्यान फाइभको ६५ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको आइतबार निधन भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
“उहाँ धेरै युवतीका लागि अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो,” नर्वेको कन्जरभेटिभ प्रधानमन्त्री इर्ना सोल्बर्गले फेसबुकमा लेख्नु भएको छ ।
उहाँ सन् २००३ मा नोबेल कमिटीको सदस्य बन्नु भएको थियो भने सन् २०१५ मा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अमेरिकाका पूर्व उपराष्ट्रपति अल गोरेलाई सन् २००७ मा, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामालाई सन् २००९ मा, चिनियाँ अभियन्ता लिउ चिओवोलाई सन् २०१० मा र इरानका मानवअधिकारकर्मी शिरिन इवाडीलाई सन २००३ मा नोबेल शान्ति पुरस्कारका लागि छनौट गर्न उहाँले निर्णायक भूमिका खेल्नुभएको थियो ।
उहाँ पूर्वव्यापारी हुनुका साथै सन् १९८९ देखि १९९० सम्म वाणिज्य मन्त्री र सन् १९९१ देखि १९१४ सम्म कन्जरभेटिम पार्टीको नेत्री बन्नु भएको थियो ।
“हामीले एउटा सशक्त, प्रिय महिला अगुवा र कन्जर्भेटिभ पार्टीकी नेत्रीलाई गुमाएका छौँ,” सोल्बर्गले उल्लेख गर्नुभएको छ ।
उहाँको स्टाटसमा थप लेखिएको छ, “कासीको परिवारप्रति मेरो पूरा सहानुभूती र समवेदना छ, हामी धेरै जना उहाँको बारेमा सोचिरहेका छौँ ।”
एक जना नर्वेलीको छोरीका रुपमा कलम्यानको जन्म सन् १९५१ को अप्रिल १५मा ओस्लोमा भएको थियो ।
कलम्यानले आर्थिक पत्रिकाका पूर्वसम्पादक कार्सटेन ओ फाइभसँग विहे गर्नुभएको थियो । उहाँका दुई जना सन्तान छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल