हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरु- इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने गरी गत २७ जनवरीका दिन जारी गर्नुभएको कार्यकारी आदेशको विरोधमा फेरि एकपटक जुलुस प्रदर्शन भएको जनाइएको छ ।
जुलुसका सहभागीहरुले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको चर्को विरोध गर्दै आप्रवासी तथा शरणार्थीहरुको समर्थनमा नाराबाजीसमेत गरे । जुलुसले डाल्लासको मुख्य केन्द्र र बजार क्षेत्रको परिक्रमा गरेको थियो ।
यसपटकको जुलुस र भीड उग्र र हिंसात्मक नदेखिई शान्त रहेको डाल्लास प्रहरीले जनाएको छ ।
जुलुसका कतिपय सहभागीहरुले अमेरिकी झन्डा बोकी ‘से इट लाउड, से इट क्लियर, रेफ्युजिज आर वेलकम हियर’ भनी उच्च स्वरमा नारा लगाएका थिए ।
जुलुसमा सामेल भएका केही धर्मगुरुहरु तथा नागरिक अगुवाहरुले आप्रवासी तथा शरणार्थीसम्बन्धी राष्ट्रपति ट्रम्पको उक्त नीतिको विरोध जनाए ।
यसैबीच, दक्षिणी टेक्सासको सान एन्टोनियो नगरमा पनि यस्तै प्रकारको विरोध प्रदर्शन भएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको आप्रवासी तथा शरणार्थी र मुस्लिम बहुल राष्ट्रका नागरिकलाई प्रवेश निषेधसम्बन्धी उक्त कार्यकारी आदेशविरुद्ध स्थानीय अदालतमा मुद्दा पर्दा सो कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउने फैसला भएको थियो ।
स्थानीय अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन गरेकोमा उच्च अदालतले पनि स्थानीय अदालतकै फैसला सदर गरेको थियो ।
त्यसैगरी, अदालतका फैसलालाई सम्मान गर्दै, आगामी हप्ता अर्को नयाँ परिमार्जित कार्यकारी आदेश जारी गरी सो विवादास्पद पुरानो आदेशलाई प्रतिस्थापन गराउने भनी ट्रम्प प्रशासनले गत बिहीबार घोषणा गरेकोमा यस परिमार्जित नयाँ कार्यकारी आदेश भने आइनसकेको जनाइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल