तेहरान (इरान), ७ फागुन । इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य सङ्गठनका वरिष्ठ कमाण्डर मोहम्मद पाकपोरले शनिबार बताउनुभएको छ ।
ग्रान्ड प्रोफेट ११ नामाकरण गरिएको उक्त सैन्य अभ्यास अमेरिकी प्रशासनद्वारा लगातार हतियार परीक्षणप्रति गरेको आलोचना र नयाँ परीक्षणमा लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै गर्न लागिएको सुरक्षा बलका स्थल एकाइ कमाण्डर पाकपोरले पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँले सोमबारदेखि सुरु भई आगामी तीन हप्तासम्म हुने अभ्यासमा रकेटको समेत प्रयोग गरिने बताइए पनि कस्तो र कुन क्षमताको हतियार प्रयोगका लागि अभ्यास गरिने छ भन्ने जनाउन चाहनुभएन ।
पाकपोरले इरान कुनै पनि सुरक्षा खतरा इरानमाथि वासिदटनद्वारा गरिएको ‘अपमानजनक प्रतिबन्ध’को सामना गर्ने उद्देश्यका साथ गरिएको बताउनुभयो ।
इरानले गत जनवरी २९ मा गरेको क्षेप्यास्त्र परीक्षणलाई देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ हतियार परीक्षणमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो ।
पेन्टागनका प्रमुख जेम्स भ्याटिसले इरानलाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने विश्वकै एकमात्र राष्ट्र’ भनी केही समय पहिले इरानको आलोचना गर्नुभएको थियो ।
इरानी अधिकारीले अमेरिकाले बताएअनुसार आफ्नो हतियारले कुनै खतरा नल्याउने तर प्रतिरक्षाका लागि आवश्यक रहेको बताउदै आएका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल