क्वालालम्पुर (मलेसिया), ५ फागुन । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुरले छिट्टै प्योङयाङ फिर्ता गर्ने बताएको छ ।
दक्षिण कोरियाले भनेको छ, सोमबार उडानको तयारीमा रहेको किमजोङ नामको प्योङयाङका लागि मलेसियामा रही काम गर्दै आएकी महिला गुप्तचर कर्मचारी डो आन थि हुङले विष खुवाएर हत्या गरेका छन् । डोआनलाई सात दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइन लागेको मलेसियाको सेलाङगर राज्यको प्रहरी प्रमुख अब्दुल समाह मातले बताउनुभयो ।
तर उत्तर कोरियाले भने हत्या सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।
जोङनामको हत्या प्रकरणमा अहिलेसम्म मलेसियाले तीन जनालाई पक्राउ गरेको छ ।
शव परीक्षणपछि उपयुक्त समयमा मलेसियाले शव प्योङयोङ लाने व्यवस्था गर्नेछ । प्योङयाङ स्रोतले मलेसियाद्वारा गरेको शव परीक्षण रिपोर्टप्रति आशङ्का व्यक्त गरेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल