लन्डन । बेलायतको विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई यतिखेर नाटक प्रतियोगिताको खुबै चटारो छ । भ्यालेन्टाइन डे समेत वेवास्ता गरेर ति तन्नेरीहरु रिहर्सलमै व्यस्त
भए ।
केन्ट नेपलिज सोसाइटीले गर्न लागेको दोश्रो अन्तर विश्वविद्यालय नाटक प्रतियोगिताले युवाहरुको व्यस्तता चुलिएको हो । केन्ट इन्लाइटेन्स नेपाल (केन) नाम दिइएको उक्त प्रतियोगिता आगामी २६ फेब्रुअरी केन्ट विश्वविद्यालयस्थित गलबेनकियन थिएटरमा हुने तयारी छ ।
प्रतियोगिताको उद्देश्य बेलायतमा रहेका नेपाली युवालाई एकै थलोमा ल्याएर नेपाली कला, संस्कृति, सम्पदा र नेपाली समाजका कुरीति उजागर गर्दै जनचेतना जगाउने छ ।
यस पटक युनिभर्सिटी अफ केन्ट, युनिभर्सिटी अफ सरे, सिटी एण्ड क्विन्स् लन्डन युनिभर्सिटी, मिडलसेक्स युनिभर्सिटी र युनिभर्सिटी अफ मेडवे गरि ५ वटा विश्वविद्यालयका विद्यार्थी नाटकमा प्रतिष्पर्धा गर्दैछन् । कलिला तन्नेरीको रोजाइमा यसपटक छन् गहन विषय । छाउपडी प्रथा, छुवाछुत, सती प्रथा, अन्तरजातीय विवाह, भूकम्प र राजनीति जस्ता विषयमा नाटक प्रस्तुत गर्ने तयारी विद्यार्थीले गरिरहेका छन् ।
निर्णायकको जिम्मेवारी समिर गुरुङ, गौमाया गुरुङ र शशीकला थापाको कांधमाथि छ ।
प्रतियोगिताको दोश्रो वर्ष नै सकारात्मक प्रतिक्रिया, बढ्दो सहभागिता र सहयोग प्राप्त भएर उत्साहित छन् सोसाइटीकी अध्यक्ष समिपा श्रेष्ठ । ‘बेलायतको नेपाली डायस्पोराले उल्लेख्य साथ दिएको छ’, श्रेष्ठले भनिन्, ‘हामी युवाहरु विदेशमा रहेपनि चिन्ता र माया मातृभूमिकै छ । त्यसकारण आफ्नो कला, संस्कृति जीवन्त राख्ने र नेपाली समाजलाई परिवर्तन गराउने सानो प्रयास हो यो ।’
गत वर्ष तीनवटा विश्वविद्यालय प्रतियोगितामा सहभागी थिए र नाटकका तीन विषय थिए भूकम्पपछि युवा सशक्तिकरण, एसिड आक्रमण र नेपालबाट यूके बसाइ सराईंपछिको परिवर्तित जीवन ।
नाटकको टिकट बिक्री गरेर आएको मुनाफा नेपालमा माया फाउण्डेशनमार्फत समाजसेवामा खर्च गर्ने यी तन्नेरीको सोच छ । गत वर्ष सोसाइटीले करिब दुई लाख रुपैयां प्रदान गरेर नेपालमा तीनसाता भन्दा बढि स्वयंसेवा गरेको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?