लन्डन । बेलायतको विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई यतिखेर नाटक प्रतियोगिताको खुबै चटारो छ । भ्यालेन्टाइन डे समेत वेवास्ता गरेर ति तन्नेरीहरु रिहर्सलमै व्यस्त
भए ।
केन्ट नेपलिज सोसाइटीले गर्न लागेको दोश्रो अन्तर विश्वविद्यालय नाटक प्रतियोगिताले युवाहरुको व्यस्तता चुलिएको हो । केन्ट इन्लाइटेन्स नेपाल (केन) नाम दिइएको उक्त प्रतियोगिता आगामी २६ फेब्रुअरी केन्ट विश्वविद्यालयस्थित गलबेनकियन थिएटरमा हुने तयारी छ ।
प्रतियोगिताको उद्देश्य बेलायतमा रहेका नेपाली युवालाई एकै थलोमा ल्याएर नेपाली कला, संस्कृति, सम्पदा र नेपाली समाजका कुरीति उजागर गर्दै जनचेतना जगाउने छ ।
यस पटक युनिभर्सिटी अफ केन्ट, युनिभर्सिटी अफ सरे, सिटी एण्ड क्विन्स् लन्डन युनिभर्सिटी, मिडलसेक्स युनिभर्सिटी र युनिभर्सिटी अफ मेडवे गरि ५ वटा विश्वविद्यालयका विद्यार्थी नाटकमा प्रतिष्पर्धा गर्दैछन् । कलिला तन्नेरीको रोजाइमा यसपटक छन् गहन विषय । छाउपडी प्रथा, छुवाछुत, सती प्रथा, अन्तरजातीय विवाह, भूकम्प र राजनीति जस्ता विषयमा नाटक प्रस्तुत गर्ने तयारी विद्यार्थीले गरिरहेका छन् ।
निर्णायकको जिम्मेवारी समिर गुरुङ, गौमाया गुरुङ र शशीकला थापाको कांधमाथि छ ।
प्रतियोगिताको दोश्रो वर्ष नै सकारात्मक प्रतिक्रिया, बढ्दो सहभागिता र सहयोग प्राप्त भएर उत्साहित छन् सोसाइटीकी अध्यक्ष समिपा श्रेष्ठ । ‘बेलायतको नेपाली डायस्पोराले उल्लेख्य साथ दिएको छ’, श्रेष्ठले भनिन्, ‘हामी युवाहरु विदेशमा रहेपनि चिन्ता र माया मातृभूमिकै छ । त्यसकारण आफ्नो कला, संस्कृति जीवन्त राख्ने र नेपाली समाजलाई परिवर्तन गराउने सानो प्रयास हो यो ।’
गत वर्ष तीनवटा विश्वविद्यालय प्रतियोगितामा सहभागी थिए र नाटकका तीन विषय थिए भूकम्पपछि युवा सशक्तिकरण, एसिड आक्रमण र नेपालबाट यूके बसाइ सराईंपछिको परिवर्तित जीवन ।
नाटकको टिकट बिक्री गरेर आएको मुनाफा नेपालमा माया फाउण्डेशनमार्फत समाजसेवामा खर्च गर्ने यी तन्नेरीको सोच छ । गत वर्ष सोसाइटीले करिब दुई लाख रुपैयां प्रदान गरेर नेपालमा तीनसाता भन्दा बढि स्वयंसेवा गरेको थियो ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने