ब्रसेल्स, १ फागुन । युरोपियन युनियन (ईयू) ले उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा आलोचना गर्दै यस्ता उत्तेजनात्मक गतिविधि ईयूका लागि अस्वीकार्य भएको जनाएको छ ।
ईयूले लगातार रुपमा उत्तर कोरियाले गरेका हतियार परीक्षण संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को हतियारसम्बन्धी सङ्कल्प प्रस्तावको अर्को उल्लङ्घनको घटना भएको बताएको छ ।
ईयूको कूटनीतिक मामिला हेर्ने बाह्य गतिविधि सेवा (ईईएएस) का प्रवक्ताले हतियार परीक्षणको निन्दा गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र प्रविधिसम्बन्धी सम्पूर्ण कार्यक्रमलाई पूर्णरुपमा त्याग्न र राष्ट्रसङ्घ सुरक्षा परिषद्को कानुनअनुरुप अघि बढ्न आग्रह गर्नुभयो ।
ईयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आफ्ना गतिविधिबारे अन्तर्राष्ट्रिय प्रतिक्रिया बुझ्न छलफलमा सहभागी बन्न आग्रह गर्नुभयो ।
स्थानीय समय अनुसार आइतबार विहान ७ः५५ मा उक्त क्षेप्यास्त्र उत्तरी प्योङ्गयाङ्गको पश्चिमी प्रान्तमा अवस्थित बाङ्गयोन सैनिक हवाइ अखाडाबाट सुदूरपूर्व जापानी समुद्र (सि अफ जापान)तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
वायुमण्डलमा पाँचसय किलोमिटर जति उडेर समुद्रमा झरेको उक्त क्षेप्यास्त्र के कति क्षमताको र कुन श्रृङ्खला वा मोडेलको थियो भन्ने खुलेको छैन ।
जापानी प्रधानमन्त्रीको अमेरिका भ्रमणकै मौका पारी जापानलाई तर्साउने नियतवश गरिएको भनिएको यस परीक्षणको जापान तथा अमेरिका दुबैले आ–आफ्नै शैलीमा आलोचना गरिसकेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने