नयाँदिल्ली (भारत), २९ माघ । भारतले पूर्वी राज्य उडिसाको सामुद्रिक क्षेत्रबाट एउटा प्रतिरोधी क्षेप्यास्त्रको शनिबार सफल परीक्षण गरेको छ ।
यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत सन्देश लेख्दै भन्नुभएको छ – “आज हाम्रा (भारतीय) वैज्ञानिकले प्रतिरोधक क्षेप्यास्त्रको निर्माण गरेका छन् । विश्वका चार–पाँच राष्ट्रले मात्र यस किसिमको क्षेप्यास्त्रको निर्माण गर्न सफल भएको अवस्थामा पाएको यो सफलताका लागि भारतीय वैज्ञानिक समूहलाई बधाई छ ।”
उडिसाको अब्दुल कलाम टापूबाट वे अफ बङ्गालमा गरिएको उक्त सफल परीक्षणपछि अब भारतले आफूमाथि आएको क्षेप्यास्त्रलाई आकासमै छेदन गरी निष्क्रिय पारिदिनेछ ।
प्रतिरोधी क्षेप्यास्त्रको निर्माण र सफल परीक्षण गर्न सफल भएकामा प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकको समूहलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।
पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको एक दिनपछि मात्र भारतद्वारा प्रतिरोधि क्षेप्यास्त्रको सफल परीक्षण भएको छ । पाकिस्तानले यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने भन्दै भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गरेको थियो ।
“भारतले छोटो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुनेछ,” पाकिस्तानले बिहीबार पत्रकारसँगको नियमित भेटमा बताएको थियो ।
पाकिस्तानको विदेश विभागका प्रवक्ता नफिज जकारियाले यसबारे विश्व समुदायको ध्यानाकर्षण गर्दै भारतीय यी कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थितिप्रति संवेदनशील बनिदिन पनि उहाँले आग्रह गर्नुभएको भारतीय समाचार संस्था पिटिआईल जनाएको थियो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक