अलमाटी (काजकिस्तान), २९ माघ । काजकिस्तानको विदेश मन्त्रालयले शनिबार सिरियाली सरकार र विद्रोही पक्षलाई दोस्रो चरणको वार्ताका लागि जेनेभामा जानुभन्दा पहिले यसै विषयमा थप छलफल गर्न अस्तानामा आउन निमन्त्रणा पठाएको छ ।
अस्तानमा यही फेब्रुअरी १५ र १६ गते छलफल गर्ने गरी अस्ताना आइपुग्न सम्बद्ध पक्षलाई बोलाइएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
रसिया, टर्की र इरानको पहलमा अस्तानामा भएको पहिलो चरणको वार्ता जनवरी २३ मा बोलाइएको थियो भने दुवै पक्षले आवश्यक तयारीसाथ दोस्रो वार्तामा सहभागी हुने सहमति भएको थियो ।
दोस्रो चरणको औपचारिक वार्ताको पूर्वसन्ध्यामा हुने छलफलमा सिरियाली सरकार तथा विद्रोही पक्षबाट आफ्ना प्रतिनिधि सहभागी गराउन आग्रह गरिएको छ भने वार्तामा संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुरा र अमेरिकी पर्यवेक्षकहरुलाई पनि आमन्त्रण गरिएको छ ।
अस्ताना वार्ताले सिरिया युद्धविराम र स्थायित्वका उपाय खोज्ने विषयलाई छलफलको मुख्य एजेन्डा बनाइने बताइएको छ । जेनेभा वार्तापूर्व गर्न सकिने ‘व्यावहारिक कदम’ बारे बाटो तय गर्नसमेत वार्ता सफल हुने विश्वास काजकिस्तानले लिएको छ ।
यही फेब्रुअरी २० मा जेनेभामा हुने वार्ताको तयारीस्वरुप अस्तानामा थप छलफल गरिन लागेको हो ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च