
जेरुसेलम (इजरायल), २५ माघ । इजरायलद्वारा पास गरेको विवादित भूमिमा यहुदी बस्ती विस्तारसम्बन्धी कानुनले सीमारेखा पार गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले यस कार्यको आलोचना गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति मामिला हेर्ने प्रतिनिधि निकोले म्लादेनोभले सोमबार राति इजरायली संसदले पास गरेको प्यालेस्टिनीको निजी जमिनमा यहुदी बस्ती बसाउने निर्णयलाई ‘साह्रै खतरनाक नमुना’ भएको बताउनुभएको छ ।
संसदको निर्णयलाई प्यालेस्टिनी नागरिकले ‘वैधतापूर्ण चोरी’ भएको भनी आक्रोश व्यक्त गरेका छन् ।
“इजरायलको संसद (क्नेसेट) ले प्यालेस्टिनी जनताको इजरायलद्वारा ओगटिएको निजी भूमि र खासगरी सम्पत्तिका विषयमा पहिलो पटक कानुन बनाएको बताउँदै यसले ‘रेड लाइन’ पार गरेको छ” म्लादेनोभले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।
इजरायलको नयाँ कानुनले पूर्वी जुरुसेलम र वेस्ट बैंकसम्म इजरायलको उपस्थितिलाई आवश्यक भएको पुष्टि गर्ने प्रयास गरेको र यसले दुई देशीय समाधानको मुद्दालाई कमजोर तुल्याएको उहाँले बताउनुभयो ।
नयाँ कानुनले प्यालेस्टिनीको निजी जमिनमा इजरायली यहुदी समुदायको बस्ती विस्तार राज्यद्वारा अनुमति प्राप्त गरी भएको र सो जमिन प्यालेस्टिनीको निजी सम्पत्ति भएको जानकारी नभएको भन्दै बस्ती विस्तार ठिक भएको पुष्टि गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने