काबुल (अफगानिस्तान), २४ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ११९ जनाको मृत्यु भएको अफगानी अधिकारीले सोमबार बताएका छन् ।
मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा व्यापक हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरू हिउमा फसेका यहाँको प्रशासनले जनाएको छ ।
लगातारको हिमबर्षाका कारण अफगानिस्ताको राजधानी काबुलस्थित विमानस्थलमा अवतरण हुने र त्यहाँबाट बाहिरिने उडान सेवा पनि आइतबार पूरै प्रभावित वनेको थियो । हिउ र चिसोले अफगानिस्तानका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित वनेको छ । कतिपय स्थानमा
हिम पहिरोले एक वस्तीका केही घरलाई पुरेको र घरका भग्नाबशेषभित्र दर्जनौ मानिस रहेको सूचनाका आधारमा उद्धार कार्र्य प्रभावकारी रूपमा भइरहेको प्रवक्ता नवीद फ्रोटानले बताउनुभयो । प्राप्त समाचार अनुसार प्रावन राज्यको सियागर्ड सुर्खपर्षा जिल्लामा पनि हिम पहिरोका कारण दर्जनौ मानिसको मृत्यु भएको छ ।
त्यसैगरी अफगानिस्तानकै सारीपुलको बाल्खव, बादखास्तान क्षेत्रमा पनि हिम पहिरोमा परी कैयौं मानिसले ज्यान गुमाएका बताइएको छ । उक्त क्षेत्रमा हिम बर्षाका कारण सडक आवागमनमा समेत व्यापक समस्या भएको बताइएको छ । सरकारले हिमबर्षासँगै बढको चिसोका कारण मुलुकभर आइतबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस