काबुल (अफगानिस्तान), २४ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ११९ जनाको मृत्यु भएको अफगानी अधिकारीले सोमबार बताएका छन् ।
मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा व्यापक हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरू हिउमा फसेका यहाँको प्रशासनले जनाएको छ ।
लगातारको हिमबर्षाका कारण अफगानिस्ताको राजधानी काबुलस्थित विमानस्थलमा अवतरण हुने र त्यहाँबाट बाहिरिने उडान सेवा पनि आइतबार पूरै प्रभावित वनेको थियो । हिउ र चिसोले अफगानिस्तानका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित वनेको छ । कतिपय स्थानमा
हिम पहिरोले एक वस्तीका केही घरलाई पुरेको र घरका भग्नाबशेषभित्र दर्जनौ मानिस रहेको सूचनाका आधारमा उद्धार कार्र्य प्रभावकारी रूपमा भइरहेको प्रवक्ता नवीद फ्रोटानले बताउनुभयो । प्राप्त समाचार अनुसार प्रावन राज्यको सियागर्ड सुर्खपर्षा जिल्लामा पनि हिम पहिरोका कारण दर्जनौ मानिसको मृत्यु भएको छ ।
त्यसैगरी अफगानिस्तानकै सारीपुलको बाल्खव, बादखास्तान क्षेत्रमा पनि हिम पहिरोमा परी कैयौं मानिसले ज्यान गुमाएका बताइएको छ । उक्त क्षेत्रमा हिम बर्षाका कारण सडक आवागमनमा समेत व्यापक समस्या भएको बताइएको छ । सरकारले हिमबर्षासँगै बढको चिसोका कारण मुलुकभर आइतबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा