काबुल, २४ माघ । अफगानिस्तानमा सन् २०१६ मा मात्रै झन्डै ११ हजार ५०० जना नागरिक प्रभावित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा प्रभावित हुनेहरुमध्ये एक तिहाई बालबालिका रहेका छन् ।
प्रभावित हुनेहरु ११ हजार ४८१ जनामध्ये तीन हजार ४९८ जनाको मृत्यु भएको छ भने सात हजार ९२० जना घाइते भएका छन् । यो सङ्ख्या सन् २०१५ कोभन्दा तीन प्रतिशत बढी हो ।
मानवीय क्षतीको यो विवरणले अफगानिस्तानमा युद्धका कारण असुरक्षा थप बढ्दै गएको देखाएको छ ।
सरकारी सुरक्षा फौज र विद्रोही लडाकुहरुकाबीचमा भएका भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो । युद्ध अफगानिस्तानको ३४ प्रान्तमा फैलिएको छ ।
तथ्याङ्कले हवाई आक्रमणमा पर्नेको सङ्ख्या पनि गत वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै रहेको देखाएको छ ।
सन् २०१६ मा हवाई आक्रमणमा परी प्रभावित हुने ५९० जनामध्ये २५० जनाको मृत्यु भएको थियो । यो तथ्याङ्क सन् २०१५ को भन्दा झन्डै दोब्बर हो ।
प्रभावित हुनेमध्ये अत्याधिक धेरै अर्थात् ६१ प्रतिशत सरकार विरोधी रहेका छन् भने सरकार समर्थक २४ प्रतिशत रहेका छन् । सरकार विरोधीमा तालिवानी लडाकु, इश्लामिक स्टेट (आईएस) लडाकुलगायत रहेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार