साउदीका २७ विमानस्थल निजिकरण हुने

रियाद, २४ माघ । साउदी अरबका २७ ओटा विमानस्थल आउदो सन् २०१८ को मध्य देखि निजि कम्पनीहरुले चलाउने भएका छन् ।

विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक पत्रिकाले सोमबार लेखेको छ ।

साउदी नागरिक उड्डयनले ती विमानस्थललाई निजिकरण गर्नका लागि विदेशी लगानीकर्तालाई आकर्षण गर्न चाहेको पनि पत्रिकामा लेखिएको छ ।

नागरिक उड्डयनका उपाध्यक्ष डा. फैसल अल साक्विरले पनि विमानस्थलका लागि विदेशी लगानीकर्ताहरु आउने विश्वास व्यक्त गर्नुभयो ।

“इकोनोमिक भिजन – २०३०” अन्तर्गत साउदी अरबले गत हप्ता मात्रै सरकारका १६ ओटा निकायलाई निजिकरण गर्ने घोषणा गरेको थियो । यो निजिकरण कार्यक्रमको पहिलो चरण हो ।

सरकारले १४७ ओटा सरकारी निकाय र ८५ ओटा राज्यका आयोजनाहरुलाई निजिकरणका लागि छनौट गर्ने भएको छ ।

तेलको युग सकिएपछिको समयका लागि साउदी अरबले सुरु गरेको निजिकरणको राम्रा कदमहरुले विदेशी तथा स्थानीय लगानीकर्ताहरुलाई आकर्षीत गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री