इस्तानबुल (टर्की), २३ माघ । टर्कीको आतङ्कवाद नियन्त्रणका लागि खटिएको प्रहरीले इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियानअन्तर्गत आईएससँग संलग्नता रहेको आशङ्कामा ४४५ जनालाई प्रहरी नियनत्रणमा लिइएको राज्य सञ्चालित समाचार संस्था, एनादोलु न्युज एजेन्सीले जनाएको छ ।
एनादोलुका अनुसार पक्राउ परेका ६० जना विदेशी नागरिक भएका र टर्कीमा आईएस समूहका गतिविधिमा संलग्न भएको आरोप छ ।
इस्तानबुल, गाजियनटेपलगायतका सिरियाली सीमा क्षेत्रका सहरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
नयाँ वर्षको अवसरमा मनोरञ्जन गरिरहेका ३९ जनाको ज्यान जाने गरी भएको आक्रमणको आईएस आवद्ध टर्कीका विभिन्न समूहहरुमाथि छानबिन गर्ने क्रममा एक महिनाको अन्तरालमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
आईएसको अन्नर्राष्ट्रिय सङ्गठनले टर्कीमा आफ्ना विभिन्न सहयोगी समूह रहेको दाबी गरेपछि टर्की सरकारले विभिन्न समूहका गतिविधिलाई शङ्का गर्दै छानबिनका लागि उनीहरुका सदस्यलाई प्रहरी हिरासतमा लिएको हो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते