काबुल (अफगानिस्तान), २३ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ५४ जनाको मृत्यु भएको अफगानी अधिकारीले आइतबार बताएका छन् ।
मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा बिशाल हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरू हिउमा फसेका यहाँको प्रशासनले जनाएको छ ।
वादखास्तान प्रान्तमा मात्रै दुई बालकबालिका, एक महिलासहित १८ जनाको हिम पहिरोमा परी मृत्यु भएको यहाँका प्रान्तीय प्रवक्ता नवीद फ्रोटानले बताउनुभएको थियो । उक्त क्षेत्रमा फसेका करिब ७० मानिसको उद्धारका लागि सरकारले व्यापक जनशक्ति परिचालित गरेको र केहीलाई भने मृत अवस्थामा आइतबार उद्धार गरिएको छ । सो क्षेत्रमा अझैपनि उद्धार कार्य जारी राखिएको छ ।
लगातारको हिमबर्षाका कारण अफगानिस्ताको राजधानी काबुलस्थित विमानस्थलमा अवतरण हुने र त्यहाँबाट बाहिरिने उडान सेवा पनि आइतबार पूरै प्रभावित वनेको विमानस्थलमा उडान रद्ध भएपछि अलपत्र यात्रुले बताए । हिउ र चिसोले अफगानिस्तानका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित वनेको छ ।
हिम पहिरोले एक वस्तीका केही घरलाई पुरेको र घरका भग्नाबशेषभित्र दर्जनौ मानिस रहेको सूचनाका आधारमा उद्धार कार्र्य प्रभावकारी रुपमा भइरहेको प्रवक्ता नवीद फ्रोटानले बताउनुभयो ।
प्राप्त समाचार अनुसार प्रावन राज्यको सियागर्ड सुर्खपर्षा जिल्लामा पनि हिम पहिरोका कारण १६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी अफगानिस्तानकै सारीपुलको बाल्खव क्षेत्रमा हिम पहिरोमा पाँच जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा हिम बर्षाका कारण सडक आवागमनमा समेत व्यापक समस्या भएको बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग