काबुल (अफगानिस्तान), २३ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ५४ जनाको मृत्यु भएको अफगानी अधिकारीले आइतबार बताएका छन् ।
मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा बिशाल हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरू हिउमा फसेका यहाँको प्रशासनले जनाएको छ ।
वादखास्तान प्रान्तमा मात्रै दुई बालकबालिका, एक महिलासहित १८ जनाको हिम पहिरोमा परी मृत्यु भएको यहाँका प्रान्तीय प्रवक्ता नवीद फ्रोटानले बताउनुभएको थियो । उक्त क्षेत्रमा फसेका करिब ७० मानिसको उद्धारका लागि सरकारले व्यापक जनशक्ति परिचालित गरेको र केहीलाई भने मृत अवस्थामा आइतबार उद्धार गरिएको छ । सो क्षेत्रमा अझैपनि उद्धार कार्य जारी राखिएको छ ।
लगातारको हिमबर्षाका कारण अफगानिस्ताको राजधानी काबुलस्थित विमानस्थलमा अवतरण हुने र त्यहाँबाट बाहिरिने उडान सेवा पनि आइतबार पूरै प्रभावित वनेको विमानस्थलमा उडान रद्ध भएपछि अलपत्र यात्रुले बताए । हिउ र चिसोले अफगानिस्तानका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित वनेको छ ।
हिम पहिरोले एक वस्तीका केही घरलाई पुरेको र घरका भग्नाबशेषभित्र दर्जनौ मानिस रहेको सूचनाका आधारमा उद्धार कार्र्य प्रभावकारी रुपमा भइरहेको प्रवक्ता नवीद फ्रोटानले बताउनुभयो ।
प्राप्त समाचार अनुसार प्रावन राज्यको सियागर्ड सुर्खपर्षा जिल्लामा पनि हिम पहिरोका कारण १६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी अफगानिस्तानकै सारीपुलको बाल्खव क्षेत्रमा हिम पहिरोमा पाँच जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा हिम बर्षाका कारण सडक आवागमनमा समेत व्यापक समस्या भएको बताइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल